Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजलाई राजधानी बनाउन राजनितिक दलहरुले संयुक्त संघर्ष गर्ने

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगंजमा बसेको चार राजनितिक दलको संयुक्त बैठकले वीरगंजलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो । 

नगर सभा गृहमा बसेकाे बैठकमा नेपाली कांग्रेसका वीरगंज महानगर अध्यक्ष भोला कलवार, लाेसपाका नेता राजेशमान सिंह, मुकेश द्विवेदी, नेकपा एमाले वीरगंज महानगरका सचिव सुन्दर कुर्मी, नेकपा एस महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, अधिवक्ता पानालाल गुप्ता लगायतकाे बैठकलले वीरगंज राजधानी बनाउनका लागि संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेकाे लोसपाका नेता सुजित गीरिले जानकारी दिए । 

बैठकमा वीरगंज प्रदेशको राजधानी बनाउनका लागी विभिन्न आन्दोलनको कार्यक्रम तय गर्ने र ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने निर्णय भएको गिरीले बताए । सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएपछि पर्सामा मुख्यमन्त्री लालबाबु राउतको लगातार पुत्ला दहन हुँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...