Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

वीरगंजलाई राजधानी नबनाइएकाे विराेधमा पर्सामा आन्दाेलन सुरु

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशकाे राजधानी जनकपुर तोकिएपछि त्यसकाे विराेधमा पर्सामा आन्दाेलन सुरु भएकाे छ । सोमबार प्रदेश सभाले जनकपुरलाई राजधानी तोक्ने प्रस्ताव पारित गरेपछि त्यसलगतै वीरगंजमा आन्दाेलन सुरु भएकाे हो ।

साेमबार साँझ वीरगंजकाे घण्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो भने मंगलबार पर्साकाे वीरगंज र पाेखरियामा प्रदर्शन गरिएकाे छ ।  

नेपाली कांग्रेस वीरगंज महानगर समितिकाे आयाेजनामा मंगलबार वीरगंजमा निस्केको कालो झन्डासहितको जुलुस आदर्शनगर, माईस्थान, घण्टाघर हुँदै नगर परिक्रम गरेर वीरगंज कै तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि पुगेको थियो ।

प्रदर्शनकारीहरूले वीरगंजलाई राजधानी कायम गर, जनकपुर राजधानी खारेज गर, वीरगंजलाई बेच्न पाइदैन, मुख्यमन्त्री चाहिदैन  लगायतका नाराहरु समेत लगाएका थिए । मधेस आन्दोलनका वेला वीरगंजलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको उनीहरूको आरोप छ ।

नेपाली कांग्रेसका वीरगंज महानगर सभापति भाेला कलवारले आफुहरुले जनकपुरलाई राजधानी मान्न सक्ने वताए । उनले वीरगंजसंग राजधानीकाे लागि सम्पूर्ण आधार भएकाे वताउँदै जनकपुरसंग राजधानीकाे लागि केही आधार नभएकाे वताए ।

सभापति कलवारले बुधबार विहान बस्ने सर्वदलिय बैठकले थप आन्दाेलनकाे कार्यक्रम तय गर्ने समेत वताए । 
 
मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार, एक जना पक्राउ

प्रदर्शनकारीहरूले सो क्रममा मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको प्रहरीले जनाएकाे छ । मुख्यमन्त्री राउतकाे घरमा ढुङ्गा प्रहार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेकाे छ ।  

मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा ढुङ्गा प्रहार गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रकाउ परेका सुमन नेवि संघ पर्साका जिल्ला सदस्य हुन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता खनालले बताए । 

पाेखरियामा पनि प्रदर्शन, मुख्यमन्त्रीकाे पुत्ला जनाइयाे 

वीरगंजलाई राजधानी नबनाइएको विरोधमा पर्साको पोखरीयामा पनि मङगलवार प्रदर्शन गरिएको छ। एमाले पोखरीया नगर कमिटीको आयोजना भएको प्रदर्शनमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन पनि गरिएको छ। 

प्रदर्शनमा सहभागिहरुले मुख्यमन्त्री राउत राजिनामा समेत माग गरेका थिए । पुत्ला दहनलाई प्रहरीले राेक्न खाेज्दा प्रहरी र प्रदर्शनकारी बिच केही बेर तनावसमेत भएकाे थियाे ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य राजकुमार गुप्ताले वीरगंजलाई राजधानी नबनाएर घोर अन्याय गरिएको बताए । उनले अब पर्सा जिल्लालार्ई बागमति प्रदेशमा मिसाउनका लागि आन्दोलन थालिने चेतावनी पनि दिए ।

वीरगंजलाई राजधानी नबनाइएकाेमा लाेसपा पर्साकाे आपती 

मङगलवार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साले एक विज्ञप्ति जारी गर्दै वीरगंजलाई प्रदेशको राजधानी नबनाइएको भन्दै आपत्ति जनाएको छ । 

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा मधेस आन्दोलनमा वीरगंजले गरेको योगदानको अवमुल्यन गर्दै जनकपुरलार्ई राजधानी बनाएकोमा भत्र्सना गर्दै राजधानीका विषयमा प्रदेश सभाले गरेको निर्णय सच्याउन माग गरिएको छ ।

राष्ट्रिय विद्यार्थी संघद्वारा मुख्यमन्त्री राउत र नेता साेनलकाे पुत्ला दहन

बीरगंजलाई प्रदेशको राजधानी नबनाएको विरोधमा लाेसपा निकट राष्ट्रिय विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाइ समितिले मुख्य मन्त्री लालबाबु राउत र आफ्नै पार्टीका नेता जितेन्द्र साेनलकाे पुत्ला दहन गरेकाे छ ।

मंगलबार सा्झ ठाकुर राम क्याम्स अगाडी विद्यार्थीहरु वीरगंज राजधानीकाे लागि भुमिका नखेलेकाे विराेधमा पुत्ला दहन गरेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...

सरुवा भएको एक वर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई मेगजन लामा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो...