Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगरकाे आम संचार निति बारे पत्रकारसंग छलफल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे आयाेजनामा आम संचार माध्यमकाे प्रबर्द्धन र नियमनकाे लागि सरकारवालाकाे भुमिका विषयक कार्यशाला गाेष्ठी साेमबार सम्पन्न भएकाे छ ।

वीरगंजस्थित हाेटल मकालुमा भएकाे कार्यक्रममा वाेल्दै वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले सञ्चारमाध्यमको विकास र प्रवर्द्बनकाे लागि महानगर प्रतिबद्ध रहेकाे बताए । उनले प्रेस स्वतन्त्रताबाट देश विकास हुने भएकोले महानगर प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहँदै आएको दाबी गरे । उनले महानगरले सञ्चार ऐन, कानून बनाउन लागेको र सोबारे सञ्चारकर्मीहरूसँग छलफल गरेको बताए ।

मेयर सरावगीले निरंकुश ल्याउने कानुनकाे विराेधमा आफु पनि रहेकाे वताए । प्रेस स्वतन्त्र रहेन भने देश पनि स्वतन्त्र नरहेने उनकाे भनाई थियाे ।

नगरपालिकाका सल्लाहकार गोविन्द देवकोटाले महानगरपालिकाले कानून बनाएर पत्रकारिताको संस्थागत विकास गर्न खोजेको बताए । उनले महानगरपालिकाबाट हुने त्रुटि, कमजोरीबारे पनि पत्रकारहरूलाई कलम चलाउन आग्रह गरे । उनले नगरप्रमुख सकारात्मक टीका–टिप्पणीको पक्षधर भएको बताए ।

वीरगंज महानगरपालिकाले स्थानीय संचार माध्यमको प्रवर्द्धन र नियमन गर्ने गरी आम संचार ऐन २०७८ जारी गरेको सल्लाहकार देवकाेटाले वताए । 

वीरगंज महानगरपालिकाले महानगरपालिका भित्र संचालनमा रहेका संचार माध्यमको प्रवर्द्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय संचार माध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र संचार माध्यमको संस्थागत विकासमा ठोस योगदान दिनेगरी संचार माध्यमको प्रवर्द्धन तथा विकास कोषको स्थापना गर्ने, पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आउनु भएका ६० बर्ष माथिका जेष्ठ पत्रकारको लागि पेन्सन कोषको स्थापना गर्ने महानगरपालिकाकाे आमसंचार ऐन समेटिएकाे छ ।

यस्तै विपत्तिबाट अप्ठारोमा परेका संचार माध्यमलाई क्षती भएको सामान खरिदका लागि निश्चित अवधी सम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्त राहत कोष स्थापना गर्ने, पत्रकारको लेखन बृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुई जना (महिला र पुरुष) पत्रकारलाई हरेक बर्ष छात्रावृत्ति दिने लगायतका नीतिसहित वीरगंज महानगरपालिका आमसंचार ऐन २०७८ जारी गरिएकाे सल्लाकार देवकाेटाले जानकारी गराए ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले सञ्चार ऐन, कानून सम्बन्धमा महासङ्घको अवधारणा प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...