Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पालिका स्तरिय क्रिकेट टुर्नामेन्टकाे उपाधि कालिकामाईलाई

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका वडा नं. १  मुडलीमा जारी गाउँपालिका स्तरिय टि२० क्रिकेट टुर्नामेन्टकाे शनिबार भएकाे फाइनल खेलमा कालिकामाई क्रिकेट टिम विजयी भएकाे छ । धाेबिनी गाउँपालिका क्रिकेट टिमलाई १२८ रनले हराउँदै कालिकामाई विजयी भएकाे हाे ।

सुरुमा ब्याटीङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ७ विकेटकाे क्षतिमा २३२ रन बनाएकाे थियाे । त्यसपछि २३३ रनकाे लक्ष्य लिएर जवाफी व्याटीङमा उत्रेकाे धाेबिनीले १४.४ ओभर मै पुरै विकेट गुमाएर १०४ रन मै समेटिएपछि कालिकामाई विजयी घाेषित भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच २३ बलमा ७४ रन बनाएका र दुई विकेट लिएका कालिकामाईका निमेश पटेल घाेषित भएका थिए ।

वडा कार्यालयकाे आयाेजनामा भएकाे टुर्नामेन्टकाे विजेता र उप विजेतालाई नेपाली कांग्रेस कालिकामाईका नेता अजय कुमार पटेलले ट्रफी र पुरस्कार राशीकाे चेक हस्तान्तरण गरेका थिए । 

साे अवसरमा वडाध्यक्ष रामशिष यादव, नेपाली कांग्रेसका वडा सभापति निजामुदिन मियाँ, नेता संजय प्रसाद साह, रामविश्वास प्रसाद चाैहान, रजाक मियाँ, जितेन्द्र प्रसाद कुर्मी, लालबाबु प्रसाद चाैरसिया, याेगेन्द्र प्रसाद चाैरसिया, सुरेन्द्र प्रसाद कुशवाहा, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रहरी सहायक निरिक्षक देवेन्द्र गिरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...