Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्टको उपाधि सत्यमलाई

spot_img
spot_img

वीरगंज । नेशनल इन्फोटेक इन्टर कलेज टुर्नामेन्ट २०७८ को उपाधि सत्यम कलेजले हात पारेको छ । शनिबार भएको रोमान्चकारी फाइनल खेलमा सत्यम कलेजले आयोजक कलेज नेशनल इन्फोटेकलाई ७ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

सत्यमले टस जितेर पहिले इन्फोटेकलाई ब्याटिङको निम्तो दिएको थियो । इन्फोटेकका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाउन सफल भएका थिए । नेशनल इन्फोटेकका परवेश कुशवाहाले ६० बलमा सानदार ६९ रनको पारि खेलेका थिए । सरफराज अलि मन्सुरीले २५ रन र अमिर अन्सारीले १० रन बनाए ।

सत्यमका सलमान आलमले २ विकेट र निरज पटेल/अभय यादवले एक/एक विकेट लिएका थिए । फाइनल खेलमा १ सय २७ रनको लक्ष्य सत्यमका ब्याट्सम्यानले ४ बल बाकी हुँदै हासिल गरेका थिए । सत्यमका सलमान आलमले २२ रन, अरविन्द यादवले ३२ रन, सुमित कुँवरले २३ रन र हासिम हवारीले २६ रन बनाएका थिए ।

सुरुवाती विकेट गुमाएपछि सत्यमका खेलाडीले सुझबुझका साथ ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा विजयी हासिल गरेका थिए । इन्फोटेकका अबु बकरले ३ विकेट लिएका थिए । अलराउन्ड प्रदर्शन गरेका सत्यमका सलमान आलम म्यान अफ दि म्याच घोषित भएका थिए ।

नेशनल इन्फोटेकका सोनु कुशवाहा बेस्ट बलर, सत्यम कलेजका सलमान अलि बेस्ट ब्याट्सम्यान, इन्फोटेकका राहुल चौरसिया बेस्ट विकेट किपर घोषित भएका थिए । ग्लोबल कलेजका इमरान शेख म्यान अफ दिन सिरिज घोषित भएका थिए ।

विजयी टीमलाई क्रिकेटका पूर्व खेलाडी पवन अग्रवाल, नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारी लगायतले शिल्ड वितरण गरेका थिए । नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले खेलतर्फ रुची राख्ने विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको जनाए ।

अगामी वर्षमा अझ भव्यताका साथ अन्य कलेजहरुलाई समेत समावेश गरि प्रतियोगिता आयोजन गर्ने उनले दाबी गरे । नेशनल इन्फोटेक कलेजले आयोजन गरेको प्रतियोगितामा वीरगन्जका १० कलेजले प्रतिस्पर्धा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...