Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा मकर संक्रान्ती उत्सवको रुपमा मनाइयाे

spot_img
spot_img

वीरगंज । हिन्दु स्वंयसेवक संघ नेपाल, पर्सा शाखाले मकर संक्रान्ती पर्व उत्सवको रुपमा मनाएको छ । वीरगन्ज १६ बाईपासस्थित गणेशटोलमा रहेको माँ बैष्णो देवीको मन्दिरकाे पुर्वपट्टी रहेकाे संघ कार्यालय केशवधाममा मकर संक्रान्ती पर्व धुमधामका साथ मनाएको हो ।

संघको ६ उत्वस मध्ये मकर संक्रान्ती पनि एक उत्सव रहेकोले मकर संक्रान्ती पर्व धुमधामका साथ मनाउँने गरिएकाे हिन्दु स्वयम् सेवक संघले जनाएकाे छ । संघ कार्यालयमा भेला भएका हिन्दु स्वंयसेवक संघका कार्यकर्ताहरु मकर संक्रान्ती धुमधामका साथ मनाएका हुन् ।

उत्सवमा सहभागि हिन्दु स्वंमसेवक संघका धर्म जागरण मंचका मणिकान्त त्रिपाठीले मकर संक्रान्ती पर्वको बारेमा विस्तृण वर्णन गरेका थिए । उनले, सम्पूर्ण पर्व मध्ये मकर संक्रान्ती पनि त्योहार पनि महापर्वको रुपमा रहेको स्मरण् गराउँदै यसमा सम्पूर्णलाई सम्मान भावले सहयोग गर्नुपर्ने बताए ।

संघका पर्सा जिल्ला संघ चालक ललन द्धिवेदीको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी राष्ट्र भारत रक्सौलका राष्ट्रिय स्वंयसेवक संघका जिल्ला प्रचारक मृत्युन्जय जी, हिन्दु स्वंयसेवक संघका सम्भाक प्रचारक लक्ष्मण यादव लगायत हिन्दु स्वंयसेवकहरुको सहभागिता हरेको थियो ।

कार्यक्रम पश्चात प्रसादको रुपमा संघ कार्यालयका स्वंयसेवकहरुले बनाएको खिचडी समेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...