Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

लागु औषधसहित धाेबिनीका कुर्मी पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्साकाे धोबिनी गाउँपालिका वडा नं.२ आशवारी बस्ने वर्ष १९ को पृथ्वी सिंह कुर्मीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १५ अलपाईन स्कुलस्थित सडक खण्डबाट आइतबार विहान ०७:३० बजे लागु औषधसहित कुर्मीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

शंकाष्पद रूपमा पैदल हिंडिरहेका कुर्मीलाई चेकजाँच गर्दा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेको उनले जानकारी दिए ।

कुर्मीलाई बरामद लागु औषधसहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएकाे प्रवक्ता खनालले वताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...