Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषधसहित धाेबिनीका कुर्मी पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्साकाे धोबिनी गाउँपालिका वडा नं.२ आशवारी बस्ने वर्ष १९ को पृथ्वी सिंह कुर्मीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १५ अलपाईन स्कुलस्थित सडक खण्डबाट आइतबार विहान ०७:३० बजे लागु औषधसहित कुर्मीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

शंकाष्पद रूपमा पैदल हिंडिरहेका कुर्मीलाई चेकजाँच गर्दा चामलको बोरा भित्र लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेको उनले जानकारी दिए ।

कुर्मीलाई बरामद लागु औषधसहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएकाे प्रवक्ता खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...