Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

वीरगंजलाई राजधानी बनाउन थप रणनिति तय

spot_img
spot_img
वीरगंज । वीरगंजलाई प्रादेशिक राजधानी बनाउन दबाव दिन ज्ञापन पत्र बझाउनेदेखी धर्ना बस्ने सम्मकाे कार्यक्रम तय गरिएकाे छ । वीरगंजलाई प्रादेशिक राजधानी बनाउन निकालिएकाे खबरदारी जुलुशकाे भाेली पल्ट आइतबार बसेकाे एक बैठकले भावी रणनीतिकाे बारे छलफल गर्दै त्यस्ताे निर्णय गरेकाे हाे ।
 
बैठकले पुस २८ गते बुधबार प्रदेश नं. २ को प्रतिपक्षिय संसदीय दलको नेता जितेन्द्र सोनललाई ज्ञापन पत्र बुझाउने र पुस ३० गते शुक्रबार प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे वीरगंज निवास अगाडी शान्तिपूर्ण धरना तथा प्रदर्शन गर्ने निर्णय गरेकाे लाेसपाका युवा नेता राजेशमान सिंहले जानकारी दिए ।
 
प्रदेश नं. २ काे एक मात्र महानगरपालिका, स्वास्थ्य र शिक्षाकाे हब बन्दै गएकाे वीरगंजलाई राजधानी बनाउन हरेक प्रयास गरिने उनले वताए । वीरगंजकाे मतबाट निर्वाचित भएर वीरगंजबासीलाई धाेखा दिने नेतालाई जनताले पनि पहिचान गर्नु पर्ने उनकाे भनाई थियाे । नेता सिंहले बीरगंजलाई राजधानी बनाउन सबै एकजुट हुनु पर्ने पक्षमा आफु रहेकाे बताए ।
 
वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा बसेकाे बैठकमा प्रदेश सभा सदस्य प्रहलाद गिरी, लाेसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...