Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

वीरगञ्जलाई राजधानी बनाउन खबरदारी र्‍याली, ‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’, काे नारा

spot_img
spot_img

वीरगंज । वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै दबाबमुलक जुलुस प्रदर्शन गरिएको छ । ‘मुख्यमन्त्री चाहिदैन, वीरगञ्ज बेच्न पाइँदैन’, भन्दै शनिबार वीरगंजमा बृहत जुलुस प्रदर्शन भएको हो ।

स्विमिङमुलबाट निस्किएको बृहत् र्‍याली वीरगञ्जको आदर्शनगर, अलखियामठ, गीता मन्दिर, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद प्रह्लाद गिरीले मधेश आन्दोलनको केन्द्र वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए । बारा, रौतहट, सर्लाहीसम्मका प्रतिनिधिको आवाज पनि वीरगञ्ज नै राजधानी हुनु पर्छ भन्नेमा रहेको भन्दै उनले वीरगञ्जलाई राजधानी नबनाइए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

लाेसपाका युवा नेता राजेशमान सिंहले आन्दोलनका बेला नेताहरुले गरेको बाचा भुलेकाले त्यसलाई फेरि झकझकाउन आफूहरु सडकमा आउनु परेको बताए । वीरगञ्जले प्रदेशको मुख्यमन्त्री पाएको भए पनि उनले अहिले वीरगञ्जलाई भुलेर जनकपुरलाई प्रदेश राजधानी बनाउन लागि परेको भन्दै समयमै मान्छे चिन्न सबैलाई आग्रह गरे ।

प्रदेश सभाको समयावधी सकिनै लाग्दा बल्ल प्रदेश सभाले नाम र राजधानी टुंगो लगाउन थालेको हो । २०७२ को ६ महिनासम्म चलेको मधेश आन्दोलनका बेला नेताहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए । तर अहिले वीरगञ्जलाई उपेक्षा गर्दै प्रदेश राजधानी नबनाउने षड्यन्त्र गरेपछि यश क्षेत्रका नागरिक असन्तुष्ट बनेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाली भाषा र साहित्यको संरक्षणमा सरोकारवालाको जोड

वीरगंज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि जगाउन र यसको संरक्षण गर्न विद्यालय, परिवार र समाज सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका...

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...