Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पाेखरियामा सरकारी कार्यालयहरु स्थापना गर्न कांग्रेसकाे माग

spot_img
spot_img
वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा चिन्निने पाेखरियामा सरकारी कार्यालयहरु स्थापना गर्न नेपाली कांग्रेसले माग गरेकाे छ । पोखरियामा सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यलय स्थापना गर्न माग गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ काे क्षेत्रिय समितिते बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
 
नागरिकता बनाउन, राजस्व सम्बन्धी कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको कार्यलयहरु अबिलम्ब स्थापनाको माग गरिएकाे क्षेत्रिय सभापति श्रीकिशुन चाैहानले वताए ।
 
उनले भने “पर्सा जिल्ला ग्रामिण बासीलाई नागरिकता बनाउन, राजशव सम्बन्धि कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको जनताको प्रत्यक्ष सरोकारका धेरै जसो कार्यहरु गर्न दिनहु हजारौंको संख्यामा सर्वधारण जनता सरकारी कार्यालयहरु, विरगंजमा धाउनु पर्ने बाध्यता रहेको छ । जस कारण गाउँले भेगका सर्वसाधारण जनताले सार्है कष्ट वाध्य भइ भोग्नु परिरहेको छ । नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा सुविधा प्रदान गर्नु हो । त्यसैले समस्याको समाधान हेतु नेपाल सरकारले पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरिया नगरपालिका, पोखरियामा जनता सित प्रत्येक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यालय अविलम्ब स्थापना गरि यश भेगका जनता प्रति न्यायोचित व्यवहार प्रदर्शन गरोस भनी हाम्राे माग हाे ।” 
 
ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकाे टाेलीमा क्षेत्रिय सभापति चाैहानसहित पाेखरिया नगरपालिकाका मेयर दिप नारायण राैनियार, महाधिवेशन प्रनितिधि ललन द्विवेदी, कार्य समिती, बिन्दवासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ता लगायतको सहभागीता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...