Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पाेखरियामा सरकारी कार्यालयहरु स्थापना गर्न कांग्रेसकाे माग

spot_img
spot_img
वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा चिन्निने पाेखरियामा सरकारी कार्यालयहरु स्थापना गर्न नेपाली कांग्रेसले माग गरेकाे छ । पोखरियामा सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यलय स्थापना गर्न माग गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ काे क्षेत्रिय समितिते बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
 
नागरिकता बनाउन, राजस्व सम्बन्धी कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको कार्यलयहरु अबिलम्ब स्थापनाको माग गरिएकाे क्षेत्रिय सभापति श्रीकिशुन चाैहानले वताए ।
 
उनले भने “पर्सा जिल्ला ग्रामिण बासीलाई नागरिकता बनाउन, राजशव सम्बन्धि कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको जनताको प्रत्यक्ष सरोकारका धेरै जसो कार्यहरु गर्न दिनहु हजारौंको संख्यामा सर्वधारण जनता सरकारी कार्यालयहरु, विरगंजमा धाउनु पर्ने बाध्यता रहेको छ । जस कारण गाउँले भेगका सर्वसाधारण जनताले सार्है कष्ट वाध्य भइ भोग्नु परिरहेको छ । नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा सुविधा प्रदान गर्नु हो । त्यसैले समस्याको समाधान हेतु नेपाल सरकारले पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरिया नगरपालिका, पोखरियामा जनता सित प्रत्येक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यालय अविलम्ब स्थापना गरि यश भेगका जनता प्रति न्यायोचित व्यवहार प्रदर्शन गरोस भनी हाम्राे माग हाे ।” 
 
ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकाे टाेलीमा क्षेत्रिय सभापति चाैहानसहित पाेखरिया नगरपालिकाका मेयर दिप नारायण राैनियार, महाधिवेशन प्रनितिधि ललन द्विवेदी, कार्य समिती, बिन्दवासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ता लगायतको सहभागीता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...