Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026

नयाँ भेरिएन्टबाट जाेगिन पूर्व तयारीमा लाग्न सांसद यादवकाे आग्रह

spot_img
spot_img

वीरग‌ंज । प्रतिनिधि सभा सदस्य प्रदीप यादवले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नेपालमा पनि संक्रमण फैलिएर हुन सक्ने जनधनको क्षति न्युनिकरणका लागि अहिलेदेखि नै पूर्व तयारीमा जोड दिने आवश्यकता औल्याएका छन् ।

पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) यादवले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै वैश्विक कोरोना भाईरसको नयाँ भेरिएन्ट ओमिक्रोनले थपेको चुनौतीबाट जोगिन पूर्व तयारी गर्न तिनै तहका सरकारसँग आग्रह गरेका हुन् ।

सांसद यादवले विज्ञप्ति मार्फत खुला सिमाना भएको स्थानबाट हुने आवागमनलाई कडाई गर्दै भारत लगायत अन्य मुलुकबाट आउने प्रत्येक व्यक्तिको पिसीआर र एन्टीजेन जस्ता परीक्षण गर्नका लागि सिमानाका क्षेत्रमा स्थापित हेल्थ डेस्कहरुलाई थप व्यवस्थित गर्न तथा स्तरोन्नती गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन् ।

“वैश्विक कोरोना भाईरसको महामारीले झण्डै २ वर्षसम्म अस्तव्यस्त बनेको विश्वसामु पुनः कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन चुनौति बनेर सामुन्ने आएको छ,’ सांसद् यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘लामो समयको निषेधाज्ञा र बन्दाबन्दीले थला परेको अर्थतन्त्रसँगै नागरिकको दैनिकी पुरानै लयमा फर्किनै लाग्दा नयाँ भेरियन्ट ओमिक्रोनले फेरी विश्व ठप्प बनाउन सक्ने स्वास्थ्यविद्हरुले आँकलन गरीसकेका छन् ।”

सांसद यादवले परिक्षण र हेल्थ डेस्कहरको स्तरोन्नतिसँगै सिमानाकालगायत अन्य आवश्यक स्थानहरुमा सेमत पूर्व तयारी अनुरुप अहिलेदेखिनै पर्याप्त मात्रामा सुविधायुक्त आइसोलेसन तथा क्वारेन्टाइन सेन्टरहरु निर्माण गर्न सुझावसमेत दिएका छन् ।

अस्पतालहरुमा पनि भेन्टिलेटर तथा अक्सिजनसहितको कोभिड वार्ड, आइसीयू जस्ता महत्वपूर्ण संरचनाहरु तयारी अवस्थामा राख्नुका साथै आवश्यक जनशक्तिको व्यवस्थापनमा जुट्न यादवले आग्रह गरेका छन् । उनले नारायणी अस्पतालमा रहेको अक्सिजन प्लान्टलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने माग समेत गरेका छन् ।

“पर्सा लगायत तराई-मधेसका अन्य जिल्लाको स्वास्थ्य सेवाको केन्द्रको रुपमा रहेको वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापित अक्सिजन प्लान्टलाई यथाशीघ्र सञ्चालन गर्न अस्पताल प्रशासन र स्थानीय सरकारसँग मेरो आग्रह छ,” विज्ञप्तिमा उल्लेख छ ।

यादवले कुनैपनि अवस्थामा जनताको सेवाका लागि आफु दिनरात तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै सबैलाई आफ्नो स्तरबाट कोभिडसँग जोडिन सजगता अपनाउन सुझाव पनि दिएका छन् ।

साथै कोभिड संक्रमणका कारण ज्यान समेत जानसक्ने बताउँदै मास्क लगाउने, साबुन पानीले समय-समयमा हात धुने, भिडभाड नगर्ने र स्वास्थ्यमा समस्या आउनेबितिकै चिकित्सकसँग परामर्श लिने जस्ता स्वास्थ्य सर्तकता अपनाउन उनले सबैसँग आग्रह समेत गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...