Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

अगामी तीनै तहकाे निर्वाचनमा कांग्रेसकाे जित निश्चित छ : सिंह

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउंपालिका वडा नं १ मिर्जापुरमा नेपाली कांग्रेसकाे वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुकाे पदभार ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य नबिन सिंहले अगामी तीनै तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे जित निश्चित रहेकाे दाबी गरे । उनले उच मनोबलका साथ चुनावकाे तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकाे नेता सिंहले छिपहरमाई गाउँपालिकामा महिला स्वास्थ्यकर्मी सुरक्षित नरहेकाे भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकाे वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिमा पाशुपतिनाथ गिरि, उप सभापतिमा उसमान मिया, प्रभु महताे काेईरी, सचिव हरेन्द्र प्रसाद यादव, नन्दलाल यादव, सह सचिव मुना कुमार पटेल, श्रवण साह तेली, सदस्यहरुमा लालबाबु उपाध्याय, किसाेरी राउत अहिर, अनिरुद राउत कुर्मी, जगरनाथ ठाकुर लाेहार, आसमहमद अन्सारी, कृष्ण कुमार, सुरेन्द्र साह साेनार, रिन्कु यादव, मन्दिप साह तेली, सुदामा साह, रिकेस महताे, धरेन्द्र प्रसाद, किसनावती देवी, गिता कुमारि कायस्त, उमा पति देवी लगायतकाले पदभार ग्रहण गरेका थिए ।
 
वडा सभापती पाशुपतिनाथ गिरीको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि रामेश्वर महतो, बिरेन्द्र महतो, पर्सा क्षेत्र नं ४(ख) सभापति दिपेंद्र सिंह, प्रदेश प्रतिनिधि जितेंद्र वर्मा, नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका निवर्तमान संयोजक धुरेन्द्र साह, छिपहरमाई गाउंपालिका वडा नं ३ का वडाध्यक्षका प्रत्याशी बिरेन्द्र पटेल, वडा नं. १ का वडाध्यक्षका प्रत्याशी सुरेन्द्र यादव, युवा नेता रुपेश उपाध्याय, चंजीत कुशवाहा, नेपाली कांग्रेस छिपहरमाई गाउंपालिका शिक्षक माहासंघका अध्यक्ष गगनदेव यादव, कपिल देव यादव लगायतकाकाे सहभागिता रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...