Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

अगामी तीनै तहकाे निर्वाचनमा कांग्रेसकाे जित निश्चित छ : सिंह

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउंपालिका वडा नं १ मिर्जापुरमा नेपाली कांग्रेसकाे वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुकाे पदभार ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य नबिन सिंहले अगामी तीनै तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे जित निश्चित रहेकाे दाबी गरे । उनले उच मनोबलका साथ चुनावकाे तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकाे नेता सिंहले छिपहरमाई गाउँपालिकामा महिला स्वास्थ्यकर्मी सुरक्षित नरहेकाे भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकाे वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिमा पाशुपतिनाथ गिरि, उप सभापतिमा उसमान मिया, प्रभु महताे काेईरी, सचिव हरेन्द्र प्रसाद यादव, नन्दलाल यादव, सह सचिव मुना कुमार पटेल, श्रवण साह तेली, सदस्यहरुमा लालबाबु उपाध्याय, किसाेरी राउत अहिर, अनिरुद राउत कुर्मी, जगरनाथ ठाकुर लाेहार, आसमहमद अन्सारी, कृष्ण कुमार, सुरेन्द्र साह साेनार, रिन्कु यादव, मन्दिप साह तेली, सुदामा साह, रिकेस महताे, धरेन्द्र प्रसाद, किसनावती देवी, गिता कुमारि कायस्त, उमा पति देवी लगायतकाले पदभार ग्रहण गरेका थिए ।
 
वडा सभापती पाशुपतिनाथ गिरीको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि रामेश्वर महतो, बिरेन्द्र महतो, पर्सा क्षेत्र नं ४(ख) सभापति दिपेंद्र सिंह, प्रदेश प्रतिनिधि जितेंद्र वर्मा, नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका निवर्तमान संयोजक धुरेन्द्र साह, छिपहरमाई गाउंपालिका वडा नं ३ का वडाध्यक्षका प्रत्याशी बिरेन्द्र पटेल, वडा नं. १ का वडाध्यक्षका प्रत्याशी सुरेन्द्र यादव, युवा नेता रुपेश उपाध्याय, चंजीत कुशवाहा, नेपाली कांग्रेस छिपहरमाई गाउंपालिका शिक्षक माहासंघका अध्यक्ष गगनदेव यादव, कपिल देव यादव लगायतकाकाे सहभागिता रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...