Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

अबैध रुपमा भित्रिएको भारतीय गाडी पक्राउ

spot_img
spot_img

वीरगंज । अवैध रुपमा भित्रियकाे भारतिय नम्बरकाे स्कारपियाे गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय श्रीपुरबाट खटी गएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१३ स्थित सडकखण्डबाट बिआर ०५ एच ४९९५ नम्बरको भारतीय स्कारपियो गाडी नियन्त्रणमा लिएकाे हाे । 

भारतीय नम्बरको स्कारपियो गाडी भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार साेमबार खटी गएको गस्ती टोलीले खोजतलास गर्दै जाने क्रममा उक्त नम्बरको भारतीय स्कारपियो गाडील फेला परेपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी गाडीकाे हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू.१५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...