Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्षमता विकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साका ११ वटा विद्यालयका ३३ जना शिक्षकहरुको लागि पढाई, लेखाई र अतिरिक्त कृयाकलाप सम्बन्धी ३ दिने क्षमता विकास तालिम बिहिबार सम्पन्न भएको छ । भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे तालिम सम्पन्न भएकाे हाे । 

शिक्षकहरुको पढाई, लेखाई र अतिरिक्त कृयाकलाप सम्बन्धी क्षमताको विकास गरी बालबालिकाहरुको शिक्षामा सुधार गर्न र उनीहरुको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्य उद्देश्यले तालिम आयाेजना गरिएकाे परियाेजना संयोजक गणेश ठकुरीले जानकारी दिए ।

बीरगन्जको होटल भिस्वामा सम्पन्न भएको तालिममा सहभागीहरुलाई भग्रासन ठाकुर र अनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिममा परियोजनाका कर्मचारीहरुले पनि सहजिकरण गरेका थिए ।

पर्साकाे जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, पाेखरिया नगरपालिका र वीरगंज महानगरपालिकामा किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम संचालनमा रहकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...