Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

स्व. राजा बीरेन्द्रको ७७ औं जयन्ती वीरगंजमा मनाइयो

spot_img
spot_img
वीरगंज । स्वर्गीय राजा बीरेन्द्र शाहको ७७ औ जयन्ती बुधबार बीरगंजमा मनाएको छ ।  राष्ट्रिय सरोकार मंच नेपाल नारायणी बीरगंजले आफ्नै कार्यालयमा जयन्तीकाे अवसरमा आयाेजना गरेकाे श्रद्धान्जली कार्यक्रममा सहभागिहरुले स्व पूर्व राजा बिरेन्द्रकाे तस्बिरमा माल्यार्पण गरेका थिए ।
 
कार्यक्रममा बोल्दै सहभागीहरुले अहिलेको राजनितीका कारण देशमा महंगी, हत्या, हिंसा, भ्रष्टाचारहरू बढेकोमा घोर भर्त्सना गर्दै यस्ता भ्रष्टाचारीहरुलाई अन्त्य गर्न सम्पूर्ण राष्ट्रबादी एक जुट हुन जरुरी रहेको बताए । सहभागीहरुले अहिलेको राजनितीमा बिदेशीको चलखेल बढी भएका कारण सम्पूर्ण जनताले यसको बिरोध गर्न आग्रह गरे ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएकाे कार्यक्रममा स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।  
 
बुवा महेन्द्र तथा आमा ईन्द्र राज्य लक्ष्मी देवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो ।
 
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।
 
तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराज कुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय रहेको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...