Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषध गाँजा र अटोसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । मकवानपुर प्रहरीले भारी परिमाणमा प्रतिवन्धित लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरकाे कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौडा उपमहानगरपालिकाकाे वडा नं. ७ कमाने बस्ने वर्ष ३४ को सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३३ को अमर बहादुर गिरि र साेही ठाउँ निवासी वर्ष २६ को ईन्द्र बहादुर मोक्तानलाई पक्राउ गरेकाे हाे ।
 
विशेष सूचनाको आधारमा खटिएकाे प्रहरीले साेमबार सांझ ५:४५ बजेको समयमा हेटाैडा उपमहानगरपालिकाकाे वडा नं. १ पालुङ बसपार्कस्थितमा ना १ ह ७६३८ नं. को अटोलाई चेकजाँज गर्ने क्रममा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
अटोमा लागु औषध गाँजा बरामद भएपछि अटाे चालक सितारामसहित उक्त लागुऔषध गाँजा ओसारपसारमा संलग्न ३ जनालाई उक्त लागुऔषध गाँजा, अटो सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...