Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

लागु औषध गाँजा र अटोसहित ३ जना पक्राउ

spot_img
spot_img
वीरगंज । मकवानपुर प्रहरीले भारी परिमाणमा प्रतिवन्धित लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरेकाे छ ।
 
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरकाे कैलाश गाउँपालिका ५ कटहरे घर भई हाल हेटौडा उपमहानगरपालिकाकाे वडा नं. ७ कमाने बस्ने वर्ष ३४ को सिताराम मोक्तान, कैलाश गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३३ को अमर बहादुर गिरि र साेही ठाउँ निवासी वर्ष २६ को ईन्द्र बहादुर मोक्तानलाई पक्राउ गरेकाे हाे ।
 
विशेष सूचनाको आधारमा खटिएकाे प्रहरीले साेमबार सांझ ५:४५ बजेको समयमा हेटाैडा उपमहानगरपालिकाकाे वडा नं. १ पालुङ बसपार्कस्थितमा ना १ ह ७६३८ नं. को अटोलाई चेकजाँज गर्ने क्रममा तरकारीको बोरा भित्र लुकाई छिपाई ल्याएको १० वटा पोकामा ६९ किलो ५०० ग्राम लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
अटोमा लागु औषध गाँजा बरामद भएपछि अटाे चालक सितारामसहित उक्त लागुऔषध गाँजा ओसारपसारमा संलग्न ३ जनालाई उक्त लागुऔषध गाँजा, अटो सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...