Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

लागु औषधसहित वीरगंजका सर्राफ पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले मंगलबार वीरगंजबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१३ मुर्ली बस्ने वर्ष १९ को बिक्रम सर्राफलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार विहान १० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित शंकाष्पदरूपमा पैदल हिंडिरहेका सर्राफले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उनकाे साथबाट लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उक्त लागु औषधसहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...