Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

राष्ट्रिय शिक्षक मंच पर्साकाे संयाेजकमा प्रदिप साह

spot_img
spot_img

वीरगंज । राष्ट्रिय शिक्षक मंच पर्साकाे जिल्ला संयाेजकमा श्री ने.रा. आधारभुत विद्यालय प्रसाैनी विर्तामा कार्यरत शिक्षक प्रदिप साह मनाेनयन भएका छन् ।

राष्ट्रिय शिक्षक मंचकाे केन्द्रिय पदाधिकारीहरुकाे २०७८ पुस ९ गतेकाे निर्णय अनुसार मंचकाे पर्साका संयाेजकमा साहलाई मनाेनयन गरिएकाे केन्द्रिय संयाेजक कुमाेद कुमार सिंहले जानकारी दिए ।

यसका साथै संयाेजक साहलाई मंचकाे विधान बमाेजिम जिल्ला कार्य समिति पुनर गठन गरी संगठन विस्तारका कामकाज गर्न समेत जिम्मेवारी दिइएकाे उनले जानकारी गराए । 

नेपाल शिक्षक महासंघ सँग आबद्ध शिक्षक मञ्च, लोकतान्त्रिक शिक्षक युनियन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन एकिकृत भई बनेको राष्ट्रिय शिक्षक मञ्चको पर्सा जिल्ला तदर्थ समितिकाे संयोजक उमेश ठाकुरकाे ठाउँमा साहलाई मनाेनय गरिएकाे केन्द्रिय संयाेजक सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...