Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पकहा मैनपुरकाे विद्यालयहरुमा सेनेटरी प्याड वितरण

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ । अध्यक्ष विजय कुमार चौरसियाले पालिका अन्तर्गत रहेका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरेका हुन् ।

अध्यक्ष चाैरसियाले चिसोको मौसममा छात्राहरुलाई महिनावारी भएपछि विद्यालय आउन हुने समस्यालाई मध्यनजर गर्दै आफु आफै ट्याक्टरमा सेनेटरी प्याड बोकी सम्पूर्ण विद्यालयमा पुगी वितरण गरेकाे वताए । उनले महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए ।

उनका अनुसार सम्पूर्ण विद्यालयमा ५ हजार प्याकेट सेनेटरी प्याड वितरण गरिएको छ । ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने उनको भनाई छ ।

सेनेटरी प्याड बितरण गर्ने क्रममा अध्यक्ष चाैरसियासहित प्रमुख प्रशासकिय अधिकृत रमेश सुबेदी, जिन्सी शाखा प्रमुख रामप्रवेश चौरसिया लगायतको उपस्थितिमा रहेकाे थियो l

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...