Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

समाजवादी प्रेस संगठन पर्साको जिल्ला कार्य समिति गठन

spot_img
spot_img

वीरगंंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको सोमबार जिल्ला कार्य समिति गठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका केन्द्रि सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) पर्साका प्रचार विभाग प्रमुख राघव साहको अध्यक्षतामा सम्पन्न भेलाले मनोज  पटेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हाे ।

नवगठित संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा अजय चौरसिया, सह सचिवमा अमित अग्रवाल, बिनोद पटेल र कोषाध्यक्षमा हरिशंकर शर्मा चयन भएका छन् ।

यस्तै, संगठनको सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपेन्द्र गिरी, दिपक चौरसिया, रञ्जित चौरसिया, श्याम पासवान, शंकर पटेल, अर्जुन गुप्ता, बलिराम यादव, आशमहमद अंसारी, सरोज पटेल, जय यादव, सानु साह, अनुप यादव, रामेश्वर चौरसिया, आर के जयसवाल, श्रीराम रौनियार लगायतका रहेका छन् ।

वीरगंजस्थित होटल मकालुमा भएको भेलामा संगठनका केन्द्रिय सदस्य साहले समितिको घोषणा गरेका थिए । भेलाले संगठनको सल्लाहकारमा संजय साह, सरोज खड्कालाई चयन गरेको केन्द्रिय सदस्य साहले जानकारी दिए ।

भेलालाई सम्बाेधन गर्दै नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् प्रदेश नम्बर २ का उपाध्यक्ष रामचन्द्र साहले कुनै पनि संगठन विचारले ठूलाे हुने वताउँदै संख्याले महत्व नराख्ने वताए । उनले संगठनकाे विधानकाे अधिनमा रहेर काम गर्न सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष साहले समाजमा रहेकाे गलत कुरा पत्रकारले बाहिर निकाल्नु पर्ने वताए । उनले पत्रकारकाे काम समाजमा रहेकाे सहि कुरा बाहिर ल्याउने र गलत कुराकाे भण्डाफाेर गर्नु पर्ने रहेकाे वताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चिरञ्जीवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, रेविन्द्र कार्की, जितलाल श्रेष्ठ, रमेश सुवेदी, बाराका अध्यक्ष अजय साह लगायतले शभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...