Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

अबैध हतियारसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ चैनपुर टोल बस्ने वर्ष २४ को सनवर देवानलाई पक्राउ गरेकाे हाे ।

प्राप्त सूचनाको आधारमा आइतबार बिहान ३ बजे देवानलाई चैनपुरस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरभित्रबाट अबैध कटुवा बन्दुकसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

देवाललाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा अबैध कटुवा बन्दुक थान-१ र पाइन्टको खल्तीमा ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

निजलाई पक्राउ गरी हातहतियार तथा लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेकोउनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...