Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

साबुन बनाउने ७ दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । प्लान स्टार सानो संसार क्षेत्रिय कार्यालय वीरगंजद्वारा सञ्चालित साबुन बनाउने ७ दिने तालिम शनिबार सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ ईनर्वास्थित रहेकाे संस्थाकाे कार्यालयमा भएकाे साबुन बनाउने ७ दिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे हाे ।

तालिम समापन समाराेहमा वाेल्दै पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण रौनियारले तालिममा सिकेका ज्ञान शिपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले महिलाहरुलाई पुरुषभन्दा कमजोर नठानी सम्मान रुपले व्यवहार गर्नु पर्ने वताए ।

सांसद राैनियारले महिलाहरु पनि पुरुष जस्तै डाक्टर, पाईलट, वकिल, नेतृ बन्न सफल हुदै गएको चर्चा गर्दै शिप सिकेर स्वरोजगार हुन आग्रह समेत गरे  । महिलाहरुलाई घरायसी काममा मात्र नलगाई गाउँ समाजमा शिप सिकाई आत्मनिर्भर बनाउन घरका सदस्यले पनि सहयोग गर्नु पर्नेमा उनकाे जोड थियाे ।

पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले सिपकाे साथ साथै बजारीकरणकाे व्यवस्था हुनु पर्ने वताए । उनले सिप सिकेर बनाएका विभिन्न सामग्रीहरुलाई आफुले पालिकाबाटै खरिद गरी महिलाहरुलाई आय आर्जनमा प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए ।

संस्थाका क्षेत्रिय प्रमुख श्याम चौधरीको अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा प्रदेश सभा सदस्य करिमा बेगम, लोसपाका नेता शिव पटेल, वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेताहरुले तालिममा सिकेका सिप ज्ञानलाई व्यवहारमा लागु गर्दै आय आर्जन गरी स्वरोजगार बन्न आग्रह गर्नुका साथै आफुले सिकेका सिप ज्ञानलाई आफ्नो गाउँ समाजका व्यक्तिहरुलाई पनि सिकाउन आग्रह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...