Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

भन्सार छलीकाे सामान लोड गरेकाे मिनि ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । विल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी मकवानपुर हेटौडा लग्दै गरेको मिनी ट्रक प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार राती १० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.८ स्थित घण्टाघर सडकखण्डबाट ना.३ ख ७४८ नम्बरको मालवाहक मिनि ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

प्राप्त सूचनाकाे आधारमा ट्रक रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त मिनि ट्रक तथा चालक जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१० बस्ने बर्ष ३७ को प्रेम बहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिई रू.२५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि शनिबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...