Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

४ महिलासहित ६१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सबैठवा यूवा समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा ४ महिलासहित ६१ जनाले रक्तदान गरेकाे थिए ।

राम जानकी मठ परिसरमा भएकाे कार्यक्रममा रंजित कुमार कुशवाहा, रामअयाेध्या पटेल, नैमा खातुन, बिहारी प्रसाद यादव, जयराम बैठा, संताेष कुशवाहा, राजकुमार यादव, राम मण्डल, रामबाबु यादव, दिपक यादव, मुन्ना कुमार माली, नागेश्वर यादव, रमेश कुशवाहा, नवलकिशाेर महताे, राकेश कुमार राम, निरज कुमार राम, मिना खातुन विवेक राम, धर्मेन्द्र कुशवाहा, रवि कुशवाहा, राजन पण्डित, समिर मियाँ अन्सारी लगायतकाले रक्तदान गरेकाे कार्यक्रममा सहभागि पाेखरिया युवा सामाजका उपाध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

श्रीराम हास्पिटल विर्ताकी महिला रोग बिशेषग्य डा. प्रिती यादवको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा, श्रीराम हास्पिटल विर्ताका कन्सलटेन्ट फिजिसियन डा. मनिष खन्ना, सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी तथा यूवा नेता ओमप्रकाश सर्राफ, भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तव, स्वास्थकर्मी अली अकबर हुसैन, करण पटेल, पब्लिक फिटनेसका संचालक करण यादव, ग्यालेक्सी फिटनेसका संचालक सन्नी आलम, ज्योति यूवा कल्बका अध्यक्ष रामानन्द कुशवाहा, मकसुदन अंसारी, दी हन्ड्रेड ग्रुप पर्साका सचिव बिक्की सर्राफ, युवा वचन संस्था पर्साका अध्यक्ष किशन सर्राफ, कमलेश कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

श्रीराम हास्पिटल विर्ता, भोलेन्टियर टीम वीरगंज, ज्योती युवा क्लब, राधेमाई अफसेट प्रेसको सहयोगमा भएको सो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष एसानुल अन्सारीको अध्यक्षतामा भएको कार्यक्रम सहजिकरण स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहाले गरेका थिए भने रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे  थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...