Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

क्रिसमसमा आशा किरण केन्द्रलाई सहयोग 

spot_img
spot_img
वीरगंज । क्रिसमसकाे अवसरमा आशा किरण केन्द्रलाई शनिबार सहयाेग प्राप्त भएकाे छ । केन्द्रका बच्चाहरुकाे लागि कम्प्युटर, प्रीन्टर, न्यानो कपडा एवम् मिठाई खाजा सहयोग उपलब्ध भएकाे केन्द्रका महासचिव राजन श्रीवास्तवले जानकारी दिए ।
 
वीरगंजकाे सिद्धार्थ मा.बि.को प्राणङमा रहेको सुस्तमनिस्थितिका बालबालिकालाई दैनिक हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई लाइन्स क्लब अफ बिरगंज संस्कृति गोल्डबाट सो सहयोग उपलब्ध गराइएको हो ।
 
सहयाेग सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सुधा कार्की थापाले आशा किरण केन्द्रले सुस्तमनिस्थितिका बालबालिकाको लागि गरिएको प्रयास अति नै सराहनिय रहेको वताइन । उनले सदस्यहरुले केन्द्रको लागि गरेको योगदानको उच्च कदर गर्दै सबैमा क्रिसमसकाे शुभकामना दिदै बच्चा एवं अभिभावहरुलाई क्रिसमसकाे टोपी लगाएर केक काटिनुका साथै कम्प्युटर, प्रीन्टर, मिठाइ, न्यानो कपडा एवं सामाग्रीहरु हस्तान्तरण गरेकी थिइन ।
 
कार्यक्रममा आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले सबै आगन्तुक पाहुनाहरुलाई खादा ओढाइ स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने  कोषाध्यक्ष सन्दिप मोहता, लायन्स रमेश अग्रवालले धन्यवाद ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा क्लबका रमेश अग्रवाल,  स्वेता मानन्धर, सुनिला अग्रवाल, प्रीया सिह, रिता सिकारिया, बिनिता अग्रवाल, श्याम अग्रवाल, डि.एन. अग्रवाल, रजनी वर्मा, सिन्धु कुश्वाहा लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन सचिव भगवती सिगदेलले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...