Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

क्रिसमसमा आशा किरण केन्द्रलाई सहयोग 

spot_img
spot_img
वीरगंज । क्रिसमसकाे अवसरमा आशा किरण केन्द्रलाई शनिबार सहयाेग प्राप्त भएकाे छ । केन्द्रका बच्चाहरुकाे लागि कम्प्युटर, प्रीन्टर, न्यानो कपडा एवम् मिठाई खाजा सहयोग उपलब्ध भएकाे केन्द्रका महासचिव राजन श्रीवास्तवले जानकारी दिए ।
 
वीरगंजकाे सिद्धार्थ मा.बि.को प्राणङमा रहेको सुस्तमनिस्थितिका बालबालिकालाई दैनिक हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाई लाइन्स क्लब अफ बिरगंज संस्कृति गोल्डबाट सो सहयोग उपलब्ध गराइएको हो ।
 
सहयाेग सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सुधा कार्की थापाले आशा किरण केन्द्रले सुस्तमनिस्थितिका बालबालिकाको लागि गरिएको प्रयास अति नै सराहनिय रहेको वताइन । उनले सदस्यहरुले केन्द्रको लागि गरेको योगदानको उच्च कदर गर्दै सबैमा क्रिसमसकाे शुभकामना दिदै बच्चा एवं अभिभावहरुलाई क्रिसमसकाे टोपी लगाएर केक काटिनुका साथै कम्प्युटर, प्रीन्टर, मिठाइ, न्यानो कपडा एवं सामाग्रीहरु हस्तान्तरण गरेकी थिइन ।
 
कार्यक्रममा आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले सबै आगन्तुक पाहुनाहरुलाई खादा ओढाइ स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने  कोषाध्यक्ष सन्दिप मोहता, लायन्स रमेश अग्रवालले धन्यवाद ब्यक्त गरेका थिए ।
 
कार्यक्रममा क्लबका रमेश अग्रवाल,  स्वेता मानन्धर, सुनिला अग्रवाल, प्रीया सिह, रिता सिकारिया, बिनिता अग्रवाल, श्याम अग्रवाल, डि.एन. अग्रवाल, रजनी वर्मा, सिन्धु कुश्वाहा लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन सचिव भगवती सिगदेलले गरेका थिए ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...