Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हिन्दू परिषदकाे राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण सम्पन्न

spot_img
spot_img

वीरगंज । हिन्दू परिषद नेपालले शुक्रवारदेखि सोल्टी गार्डेन होटल एण्ड पार्टी प्यालेसमा आयोजित राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

शनिवार बिहानदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा भारतका मधुमुनि गुरु, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्य, हिन्दूवादी अगुवा डा. चिन्तामणी योगी, शंकर खराल, दिपक महाराज आतरे, श्रीनिवास गुरु लगायतकाले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले आफ्नो धर्म र राष्ट्रलाई सर्वोच्च शिखरमा राखी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्नु भएको थियो । विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल रहेकोमा केही विदेशी दलालहरुले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए । अब छिटै नेपाल हिन्दू राष्ट्र बनाउनका लागि हामी सबै मिलेर हिन्दू बिरोधी गतिविधि गर्नेमाथि कडा निगरानी गर्न आग्रह गरेका थिए ।

हिन्दू धर्म कसैले सिकाउनु भन्दा पनि आफ्नो घर, परिवार समाजमा मान्दै आएको हिन्दू धर्मलाई मजबुत बनाउन हामी सबैले हरेक दिन आफ्ना गुरु, आमा बुवाबाट आफ्नो धर्म संस्कृतिको बारेमा सिक्न जरुरी रहेको बताए । नेपालका अधिकांश स्कूलहरुमा क्रिश्यचन विद्यार्थीहरु नरहे पनि क्रिश्मस दिवस मनाउन विभिन्न कार्यक्रमहरु गरिरहेका छन् तर हिन्दू धर्मका हजारौ लाखौ विद्यार्थीहरु रहे पनि हिन्दू धर्मका बारेमा कुनै पनि कार्यक्रम नहुनु दुःखद रहेको बताए ।

अभिभावकहरुले पनि आफ्नो बालबच्चा पढने स्कूलमा आफ्नो धर्म संस्कृतिको रक्षा गर्नका लागि समय समयमा हिन्दू धर्म संस्कृतिको बारेमा जनचेतना एवं कार्यक्रमहरु गर्न स्कूलका व्यवस्थापन पक्षलाई घचघचाउन आग्रह गरेका थिए । नेपालमा ८२ प्रतिशत ओमकार हिन्दू समुदाय रहे पनि हिन्दू धर्मावलम्बीहरुले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि यस्ता प्रशिक्षण कार्यक्रमहरु गर्न सुझाएका थिए ।

प्रशिक्षण कार्यक्रम पश्चात हिन्दू धर्म संस्कृतिमा योग्दान पु¥याएका परिषद्का नगर, जिल्ला, प्रदेश र केन्द्रिय समितिका पदाधिकारी सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

हिन्दू धर्म संरक्षणमा योग्दान पु¥याएका र पु¥याउदै आएका करिब १५० व्यक्ति तथा संघसंस्थाहरुलाई भारतका मधुमुनि गुरु, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्य, हिन्दूवादी अगुवा डा. चिन्तामणी योगी, शंकर खराल, दिपक महाराज आतरे, श्रीनिवास गुरु, कालि माता, आरती माता, साबित्रि माता, बरिष्ठ समाजसेवी जगरनाथ प्रसाद कुर्मी, परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल लगायतका गुरु एवं अतिथिहरुले गम्छा, अबिर टिका र कदर पत्रले सम्मानित गरेका थिए ।

परिषद्का जिल्ला अध्यक्ष हरेन्द्र पटेलले आफ्नो शान्दर्भिक भनाई राख्दै कार्यक्रमको समापन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...