Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

कांग्रेस प्रदेश २ का महामन्त्रीमा पर्साका बृहस्पती श्रेष्ठ विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको प्रदेश २ महामन्त्रीमा पर्साका बृहस्पती श्रेष्ठ विजयी भएका छन् । संस्थापन पक्षका श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका हुन् । महामन्त्रीमा निर्वाचित श्रेष्ठ केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयाेजक रमेश रिजालका निकटका नेता हुन् ।

यस्तै, अर्काे महामन्त्रीमा उपेन्दर कुमार यादव विजयी भएका छन् । संस्थापन पक्ष कै यादव ९५९ मत प्राप्त गरी विजयी भएका हुन् ।  

शुक्रबार सम्पन्न मतगणना अनुसार महामन्त्रीमा निर्वाचित श्रेष्ठ र यादवकाे निकटतम प्रतिद्वन्धी नरेश कुमार यादवले ७७५ मत र हरेश प्रसाद महताेले ७०३ मत प्राप्त गरेका छन् ।

यस्तै, सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् । अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...