Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस प्रदेश २ का महामन्त्रीमा पर्साका बृहस्पती श्रेष्ठ विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको प्रदेश २ महामन्त्रीमा पर्साका बृहस्पती श्रेष्ठ विजयी भएका छन् । संस्थापन पक्षका श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका हुन् । महामन्त्रीमा निर्वाचित श्रेष्ठ केन्द्रिय सदस्य एवम् प्रदेश २ का संयाेजक रमेश रिजालका निकटका नेता हुन् ।

यस्तै, अर्काे महामन्त्रीमा उपेन्दर कुमार यादव विजयी भएका छन् । संस्थापन पक्ष कै यादव ९५९ मत प्राप्त गरी विजयी भएका हुन् ।  

शुक्रबार सम्पन्न मतगणना अनुसार महामन्त्रीमा निर्वाचित श्रेष्ठ र यादवकाे निकटतम प्रतिद्वन्धी नरेश कुमार यादवले ७७५ मत र हरेश प्रसाद महताेले ७०३ मत प्राप्त गरेका छन् ।

यस्तै, सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् । अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...