Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

कांग्रेसकाे केन्द्रिय सदस्यमा प्रदेश २ का मन्त्री शर्मा पराजित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यकाे अल्पसंख्यक (खुल्ला) काेटामा चुनाव लडेका प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा पराजित भएका छन् । 

केन्द्रिय सदस्य अल्पसंख्यक (खुल्ला) मा २१७१ मा प्राप्त गरी प्रदिप कुमार सुनुवार निर्वाचित भएका छन् । पर्साकाे वीरगंज निवासी मन्त्री शर्माले ५३६ मत मात्र पाएका छन् ।

मंसिर २७ गते भएकाे निर्वाचनकाे साेमबार सम्पन्न मतगणना अनुसार मन्त्री शर्मा भन्दा बढी टीकाराम सुब्बा लेप्चा १०२३ मत र हरि बहादुर घले ६०९ मत पाएका छन् । निर्वाचित सुनुवार संस्थापन सभापति शेर बहादुर देउवा पक्षका हुन् ।

यस्तै, केन्द्रिय सदस्य (महिला खुल्ला) मा चुनाव लडेकी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की पनि पराजित भएकी छन् ।

९ पदकाे लागि भएकाे निर्वाचनमा डा. डिला संग्राैला २८८५, पुष्पा भुषाल २७१८, डा. आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्याैपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, शुसिला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

सब भन्दा बढी मत डा. संग्राैला पाएकी छन् भने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजुले तस्राे स्थानकाे मत पाएकी छन् । जम्मा खसेकाे ४६७९ मत मध्ये उप मेय कार्की २६० मत मात्र प्राप्त गरेकी छन् । खसेकाे मत मध्ये ६७ मत बदर समेत भएकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...