Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेसकाे केन्द्रिय सदस्यमा प्रदेश २ का मन्त्री शर्मा पराजित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यकाे अल्पसंख्यक (खुल्ला) काेटामा चुनाव लडेका प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा पराजित भएका छन् । 

केन्द्रिय सदस्य अल्पसंख्यक (खुल्ला) मा २१७१ मा प्राप्त गरी प्रदिप कुमार सुनुवार निर्वाचित भएका छन् । पर्साकाे वीरगंज निवासी मन्त्री शर्माले ५३६ मत मात्र पाएका छन् ।

मंसिर २७ गते भएकाे निर्वाचनकाे साेमबार सम्पन्न मतगणना अनुसार मन्त्री शर्मा भन्दा बढी टीकाराम सुब्बा लेप्चा १०२३ मत र हरि बहादुर घले ६०९ मत पाएका छन् । निर्वाचित सुनुवार संस्थापन सभापति शेर बहादुर देउवा पक्षका हुन् ।

यस्तै, केन्द्रिय सदस्य (महिला खुल्ला) मा चुनाव लडेकी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की पनि पराजित भएकी छन् ।

९ पदकाे लागि भएकाे निर्वाचनमा डा. डिला संग्राैला २८८५, पुष्पा भुषाल २७१८, डा. आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्याैपाने २२५९, सरिता प्रसाई २०९६, रमा काेइराला पाैडेल १८५८, शुसिला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

सब भन्दा बढी मत डा. संग्राैला पाएकी छन् भने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजुले तस्राे स्थानकाे मत पाएकी छन् । जम्मा खसेकाे ४६७९ मत मध्ये उप मेय कार्की २६० मत मात्र प्राप्त गरेकी छन् । खसेकाे मत मध्ये ६७ मत बदर समेत भएकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...