Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेसको केन्द्रिय सदस्यमा लाेकप्रिय मतका साथ चाैरसिया निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको केन्द्रिय सदस्य मधेसी (खुल्ला) आरक्षण कोटामा लाेकप्रिय मतका साथ पर्साका नेता अजय कुमार चाैरसिया निर्वाचित भएका छन् । उनले सबै भन्दा बढी २५२२ मत पाएका छन् ।

यस्तै, केन्द्रिय सदस्य मधेशी (खुल्ला) मै उद्योगी विनोद चौधरी, डा. चन्द्र माेहन यादव, महेन्द्र कुमार राय, दिनेश कुमार यादव निर्वाचित भएका छन् । कांग्रेसकाे चाैधाैं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएकाे निर्वाचनमा उद्याेगी चाैधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसारले चौरासियाले उद्याेगी चाैधरी भन्दा बढी मत पाएका हुन् । 

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन पक्षका हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

केन्द्रिय सदस्य मधेशी (खुल्ला) मै चुनाव लडेका पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी पराजित भएका छन् । ५ सिटकाे लागि भएकाे निर्वाचनमा द्विवेदी १७८७ मत प्राप्त गरी साताैं स्थान हासिल गरेपछि पराजित भएका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...