Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कांग्रेसको केन्द्रिय सदस्यमा लाेकप्रिय मतका साथ चाैरसिया निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको केन्द्रिय सदस्य मधेसी (खुल्ला) आरक्षण कोटामा लाेकप्रिय मतका साथ पर्साका नेता अजय कुमार चाैरसिया निर्वाचित भएका छन् । उनले सबै भन्दा बढी २५२२ मत पाएका छन् ।

यस्तै, केन्द्रिय सदस्य मधेशी (खुल्ला) मै उद्योगी विनोद चौधरी, डा. चन्द्र माेहन यादव, महेन्द्र कुमार राय, दिनेश कुमार यादव निर्वाचित भएका छन् । कांग्रेसकाे चाैधाैं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएकाे निर्वाचनमा उद्याेगी चाैधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसारले चौरासियाले उद्याेगी चाैधरी भन्दा बढी मत पाएका हुन् । 

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन पक्षका हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

केन्द्रिय सदस्य मधेशी (खुल्ला) मै चुनाव लडेका पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी पराजित भएका छन् । ५ सिटकाे लागि भएकाे निर्वाचनमा द्विवेदी १७८७ मत प्राप्त गरी साताैं स्थान हासिल गरेपछि पराजित भएका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...