Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

एमाले पर्सा जिल्ला कमिटीकाे शपथ ग्रहण सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्साको जिल्ला कमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रम साेमबार सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीमा मनोनित १८२ जना सदस्यको सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

होटल कुमु प्यालेशमा भएकाे कार्यक्रममा जिल्ला सदस्यमा मनाेनित सुदिप लामा, मनाेज कुशवाहा, राजेन्द्र यादव, नरेश टिडेवाल, फरमान अन्सारी, ठाकुर न्याैपाने, सुनिल चाैरसिया, महेश दास, श्याम बन्जारा, केशी लामिक्षाने, यसवन्त यादव, अयाेध्या पटेल, दुर्गा लामिक्षाने, लालबाबु शेख, अखलेश साह लगायतकाले सपथ लिएका थिए ।

नेकपा एमाले प्रदेश २ का सहसंयोजक पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वाला साह, केन्द्रिय सदस्यहरु राजकुमार गुप्ता, अरविन्द सिंह, निर्मला देवकोटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पर्सा अध्यक्ष प्रभु हजराको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज गुप्ताले गरेका थिए ।

यसैगरी साेमबार नै सम्पन्न जिल्ला कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले पुस ८ गते प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा जगरनाथपुर गाउँपलिकामा हुने बिशाल पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितीहरु गठन गरेको छ ।

कार्यक्रमलाई सफल पार्न संबिधान सभाका सदस्य जयप्रकाश थारुको संयोजकत्वमा व्यवस्थापन समिती र जिल्ला सचिव मनोज गुप्ताको संयोजकत्वमा स्यवंसेवक समिती गठन गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...