Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंजकाे जसौलीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । साहिब दरबार सेवा संस्थान वीरगंजकाे आयाेजनामा साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ जसौलीमा निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
 
माट्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा श्री नेपाल राष्ट्रिय आधारभुत विधालय जसाैलीको प्रागंणमा भएकाे शिविरमा १५२ जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये ५२ जनामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्थाका मुकेश द्विवेदीले वताए ।
 
शिविरमा माेतियाबिन्दु फेला फेला परेकाहरुकाे बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिया समेत गरिने उनले जानकारी दिए ।
 
शिविरमा संस्थानका राजेश मान सिंह, प्रेमबाबु पटेल, उमेशलाल सहनी,  मुकेश द्विवेदी, संजीत कुशवाहा, विशाल सिंह, मनिष कुशवाहा, शुभनारायण कुशवाहा, जितेन्द्र कुशवाहा लगायतको उपस्थिति रहेको थियोे ।
 
मंसिर ७ गते बुधबार वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवाको कुर्मी धर्मशालामा शिविर आयाेजना गरिने आयाेजक संस्थाले जनाएकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...