Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्साकाे ११ विद्यालयमा लैंगिक हिंसा सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । पर्साकाे ४ पालिकाकाे ११ विद्यालयमा विद्यालयसंग सम्बन्धि लैंगिक हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । दिव्य युवा क्लब र भिएसाे नेपालकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत अभिुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रम संचालन रहेकाे जगरनाथपुर गाउँपालिकाकाे ६ वटा, धाेबिनी गाउँपालिकाकाे ३ वटा, पाेखरिया नगरपालिकाकाे एक वटा र वीरगंज महानगरपालिकाकाे एक वटा विद्यालयमा लैंगिक हिंसा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।

अभिमुखिकरण मार्फत विद्यालयमा अध्ययनरत छात्र/छात्रा र शिक्षकहरुलाई विद्यालयसंग सम्बन्धित लैंगिक हिंसा बारे चेतना प्रदान गरिएकाे उनले वताए । विद्यालयसंग सम्बन्धित लैंगिक हिंसाकाे घटनाहरु न्यूनिकरण गर्न कार्यक्रमकाे प्रमुख उद्देश्य रहेकाे संयाेजक ठकुरीले जानकारी गराए ।

मंसिर २७ गते साेमबारदेखी सुरु भएकाे अभिमुखिकरण कार्यक्रम आइतबार अन्तिम दिन वीरगंजकाे त्रिजुद्ध माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे थियाे । कार्यक्रममा परियाेजनाका कर्मचारी र स्वयम्सेवकहरुले प्रशिक्षण दिएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...