Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ । महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन ।

विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको हुँदा शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...