Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

उखान टुक्कैमा जनताको मतको कदर भएन : कानुन मन्त्री यादव

spot_img
spot_img

वीरगंज । प्रदेश २ का कानुन, न्याय तथा प्रदेश सभा मन्त्री प्रमोद कुमा यादवले पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफनो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मतकाे कदर नगरेको आराेप लगाएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा आयाेजित नेकपा (एकीकृत समाजवादी)काे वडा भेलालाई सम्बाेधन गर्दै मन्त्री यादवले पुर्व प्रधानमन्त्री ओलीको आफनो कार्यकाल उखान टुक्का मै बिताएकाे आराेप लगाए । उनले घरघरमा ग्यासको पाईप, पानी जहाज जस्ता कुरामा अल्झाएर ओलीले विकास विरोधी काम मात्र आफनो कार्यकालमा गरेकाे वताए ।

माधव नेपालले पार्टी फुटाएको आरोप गलत रहेको वताउँदै मन्त्री यादवले ओलीकाे घमण्डले गर्दा पार्टीबाट अल्लगिएको वताए ।

तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लडने भएकोले एकिकृत समाजवादीमा देशैभर पार्टी प्रवेश कार्यक्रममा लर्को लागेको उनले बताए । एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री यादवले मुलुक कै भ्रष्ट पुर्वप्रधानमन्त्री ओलीले आफनो निजि स्वार्थ पुरा गर्न लागिपरेकोले पार्टीबाट विद्रोह भएर अर्को पार्टी गठन भएको वताए ।

नागेन्द्र मिश्राको अध्यक्षतामा भएको भेलामा पार्टीका पोलिट ब्युरो सदस्य दिनेश राई, प्रदेश २ का संसद तथा प्रमुख सचेतक सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद पासवान, बारा सह ईन्चार्ज बतहु यादव, पार्टी उपाध्यक्ष उस्मान अंसारी, बिजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, जिल्ला सदस्य ध्रुव यादव, सुरेश मोदक, विरेन्द्र साह, रमेश सुवेदी, कौशल किशोर सिंह, महिला ईन्चार्ज गौरी ढकाल, नगर अध्यक्ष अरुण खनाल, राजेश गुप्ता, असर्फी पटेल, धर्मराज महतो, समाजवादी पत्रकार संघ बाराका अध्यक्ष अजय साह लगायतको सहभागिता रहेको थियो । 

सम्पन्न वडा भेलाले सरोज पटेलको अध्यक्षतामा वडा कमिटि गठन गरेकाे छ । जुन कमिटीकाे उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिव नागिन्द्र मिश्रा, माला देवि, राधेश्याम पटेल लगायतका रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...