Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

३३ बिगाहा गाँजा र १९ बिगाहा अफिम खेती प्रहरीद्वारा फडानी

spot_img
spot_img
वीरगंज । मकवानपुरकाे विभिन्न ठाउँमा लगाइएकाे ३३ बिगाहा लागु औषध गाँजा र १९ बिगाहा अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेकाे छ ।
 
प्ररहीले शनिबार मकवानपुरकाे राक्सिराङ गा.पा.वडा नं. ५ अन्तर्गत धुर्सिङ, निबुटार र लाइसीराङस्थितको वडा एरियाहरुमा अबैध रुपमा लगाईएको ८ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएकाे हाे ।
 
यस्तै, उक्त टोलीले मिति २०७८।०९।०१ गते देखि ऐ. ०३ गते सम्म राक्सिराङ गा.पा. को वडा नं. ४, ५ अन्तर्गतका वडा एरियाहरुमा ३३ बिगाहा लागु औषध गाँजा र १९ बिगाहामा अबैध रुपमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
पुष १ गतेदेखि ३ गते सम्म लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले अवैध रुपमा लगाइएकाेे गाँजा खेती र अफिम खेती नष्ट गरेकाे हाे । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...