Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

३३ बिगाहा गाँजा र १९ बिगाहा अफिम खेती प्रहरीद्वारा फडानी

spot_img
spot_img
वीरगंज । मकवानपुरकाे विभिन्न ठाउँमा लगाइएकाे ३३ बिगाहा लागु औषध गाँजा र १९ बिगाहा अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेकाे छ ।
 
प्ररहीले शनिबार मकवानपुरकाे राक्सिराङ गा.पा.वडा नं. ५ अन्तर्गत धुर्सिङ, निबुटार र लाइसीराङस्थितको वडा एरियाहरुमा अबैध रुपमा लगाईएको ८ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएकाे हाे ।
 
यस्तै, उक्त टोलीले मिति २०७८।०९।०१ गते देखि ऐ. ०३ गते सम्म राक्सिराङ गा.पा. को वडा नं. ४, ५ अन्तर्गतका वडा एरियाहरुमा ३३ बिगाहा लागु औषध गाँजा र १९ बिगाहामा अबैध रुपमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
 
पुष १ गतेदेखि ३ गते सम्म लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले अवैध रुपमा लगाइएकाेे गाँजा खेती र अफिम खेती नष्ट गरेकाे हाे । 
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...