Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बसन्तपुरमा सुरु भएकाे क्रिकेट प्रतियाेगितामा कालिकामाई विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ३ बसन्तपुरमा शुक्रबारदेखी सुरु भएकाे टि २० क्रिकेट प्रतियाेगिताकाे उद्घाटन खेलमा कालिकामाई क्रिकेट टिम विजयी भएकाे छ ।

सामुहिक युवा क्रिकेट टिम बसन्तपुरको आयाेजनामा सुरु भएकाे भएको प्रतियाेगितामा ८३ रनले बिन्दवासिनी क्रिकेट टिमलाई हराउँदै कालिकामाई विजयी भएकाे हाे । टस जितेर व्याटिङ गरेको कालिकामाईले पुरै २० ओभर खेल्दै ६ बिकेटकाे गुमाउँदै १५३ रन बनाएको थियो ।

त्यसपछि १५४ रनकाे लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेकाे बिन्दबासनीले १० ओभर मै पुरै विकेट गुमाउँदै ७० रन मै समेटिएपछि कालिकामाई विजयी घाेषित भएकाे थियाे । खेलको मैनअफ दि मैच ३७ रन बनाएका कालिकामाईका मनु कुमार घाेषित भएका थिए।

बसन्तपुर खेलमैदानमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मेयर राैनियारले खेलबाट मस्तिक र शारिरिक बिकास हने वताए । उनले भने “खेलले गर्दा रोगहरु लाग्दैन, शरीर फुर्तिलो र स्वास्थ बनाउन्छ । साथै खेलबाट गाउँ र देशको पहिचान पनि गराउन्छ । त्यसैले देशमा भौतिक बिकासको साथै खेलको बिकास पनि हुन जरुरी छ।”

रामबाबु साहकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा स्थानिय अगुवा शम्भु कलवार, शिक्षक नजमुल होदा, राजु रौनियार, फरियाद मियाँ, संतोष साह तेली, मुकेश पटेल,अटल बिहारी साह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...