Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सोच परिवर्तन नभए सम्म लैङ्गिक हिसाको अन्त्य हुँदैन् : उप प्रमुख कार्की

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले मानिसको सोच परिवर्तन नभए सम्म समाजबाट लैङ्गिक हिंसाको अंत्य हुन नसक्ने बताएकी छन् । पब्लिक एफ.एमले वीरगञ्जको श्रीपुरस्थित श्री नेपाल राष्ट्रिय बिद्यापिठ माबिमा आयाेजना गरेकाे लैङ्गिक हिंसाको बिरुद्धमा सचेता मुलक कार्यक्रममा वाेल्दै यस्ताे वताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उप प्रमुख कार्कीले समाजमा दाईजो लिएर विवाह गरेकाहरु नै चर्को स्वरमा दाइजाेकाे बिरोध गरिरहेको बताउँदै छाेरी शिक्षामा जाेड दिइन । उनले शिक्षा भए हिंसा र दाइजाे प्रथाकाे अन्त्य भएर जाने वताइन ।

कार्यक्रममा बिध्यालयका प्र.अ.अनिल वर्णवाल, नेपाली कांग्रेसका स्थानिय नेता हुकुम सिंह राजपुत, नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेल, पत्रकार मनोज मिश्र, पब्लिक एफ.एमका प्रबन्द निर्देशक मुकेश सिंह, कार्यक्रम संयोजक लालबाबु सिंह, बिद्यार्थीहरु सनम खातुन, कुलसुम खातुन, प्रिया सरार्फ, गिता धामी, गजेन्द्र कुमार लगायतकाले आ आफ्नाे धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...