Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

पूर्व राजा महेन्द्रकाे १०२ औ जन्म जयन्ती वीरगंजमा मनाइयाे

spot_img
spot_img

वीरगंज । पूर्व राजा महेन्द्र वीर विक्रम साहकाे १०२ औ जन्म जयन्ती बिहिबार वीरगंजमा मनाइएकाे छ । वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरी देश भक्त राज्य भक्तले जन्म जयन्ती मनाएकाे हाे ।

देश भक्त राज्य भक्तका केन्द्रिय अध्यक्ष दिपेन्द्र प्रसाद राैनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय उपाध्यक्ष राजकिशाेर चाैवे, समाजसेवी पशुपति बिक्रम साह, उषा साह, विर गाेर्खाली बिरेन्द्र थापा, देश भक्त राज्य भक्तका पर्सा जिल्ला अध्यक्ष सतिष श्रीवास्तव, केन्द्रिय सदस्य पृथ्वी झा, अब्दुल सतार अंसारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सहभागिहरुले जन्म जयन्तीकाे अवसरमा पूर्व राजा स्व. महेन्द्रकाे तस्बिरमा मालार्पण गर्नुकाे साथ उनकाे याेगदानकाे बारेमा चर्चा गरेका थिए । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । नेपाल चौहान कल्याण समाज, पर्साले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको...

नेपाली भाषा र साहित्यको संरक्षणमा सरोकारवालाको जोड

वीरगंज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि जगाउन र यसको संरक्षण गर्न विद्यालय, परिवार र समाज सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका...

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...