Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

अपहरण मुद्दाका फरार प्रतिवादी बहुदरमाईका कानु पक्राउ

spot_img
spot_img

वीरगंज । अपहरण मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई पक्राउ गरेकाे हाे ।

बहुदरमाई नगरपालिकाकाे गम्हरिया बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कानुलाई पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५० हजार जरीवाना तोकिएको थियाे ।

प्रहरिले बिहिबार एक बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ नगवा स्थितबाट कानुलााई पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...