Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

अनशनरत ओझैयाले सहमतीपछि अनशन ताेडे

spot_img
spot_img

वीरगंज । अनशनरत रामजनम ओझैया र पटेर्वा सुगाैली गाउँपालिका बिच ३ बुंदे सहमती भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे  सहमतीपछि ११ दिनदेखी अनशनरत पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. २ निवासी ओझैयाले बिहिबार अनशन ताेडेका छन् ।

पालिकाले गर्न सक्ने कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वधार निर्माण लगायतकाे मुद्दाहरुकाे विषयमा पालिकाकाे उपलब्ध श्राेतलाई सबै वडाहरुमा समान्य रुपमा बजेट विनयाेजन गर्ने, पालिकाकाे क्षेत्राधिकार बाहिरकाे विषयमा अन्य निकाय संघ र प्रदेश सरकारसंग अनुराेध गरी पठाउने, साथै कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान जस्ता विषयमा पालिकाले समय मै पहल गरी व्यवस्था मिलाउने सहमती भएकाे छ ।

यस्तै, गाउँपालिकाले हाल सम्म गरेका प्रगतिका विवरणहरुकाे बारेमा सार्वजनिक सुनवाई कार्यक्रम गरी सबैमा जानकारी गराउने र अनसनमा बसेका ओझैयाले आजैकाे मितिदेखी अनशसन ताेडने सहमती भएकाे हाे ।

जिल्ला प्रशनसन कार्यालय पर्सामा भएकाे बार्तामा पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष हरिनारायण चाैधरी, उपाध्यक्ष ममता महताे, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, पटेर्वा सुगाैली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य केशी लामिक्षाने, प्रदेश नं. २ का महासचिव श्याम बन्जारा लागयतकाे उपस्थिती रहेकाे थियाे । 

मंसिर २० गतेदेखी विभिन्न माग राख्दै पटेर्वा सुगाैली गाउँ कार्यपालिका कार्यालय अगाडी अनशन बसेका ओझैयालाई मंसिर २५ गते शनिबार वीरगंजस्थित नारायणी अस्पतालमा ल्याइएकाे थियाे । त्यसपछि अस्पतालमै अनशनरत रहेका ओझैयाले ११ औं दिन अनशन ताेडेका हुन् ।

यस अघि पनि गाउँपालिका अध्यक्ष चाैधरीसहितका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत यादवले अनशन ताेडन आग्रह गर्दा  अनशनरत ओझैया मानेका थिएन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...