Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

दलित पत्रकार संघ पर्साकाे कार्यालय उद्घाटन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साले आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंज ८, पानीटंकीस्थित विपिसी क्लेज नजिक संचालनमा ल्याएकाे कार्यालयकाे उद्घाटन बुधबार एक कार्यक्रमकाे बिच प्रदेश सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादीका) संसदिय दलका सचेतक सुन्दर विश्वकर्माले गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै सचेतक विश्वकर्माले राजतन्त्र भन्दा जाततन्त्रबाट बढी खत्रा भएकाे वताए । उनले राजतन्त्र खतम भए पनि जाततन्त्रखतम नभएको वताए । जाततन्त्रकाे पिडित दलितले चाहेर मात्र खतम नहुने बताउँदै उनले सबैले मिलेर खतम गर्नु पर्ने धारणा राखे ।

उनले भने “जातिय पर्थाले कसैलाई फाईदा हुँदैन, याे रहेसम्म देश पनि विकास गर्न सक्दैन । त्यसैले यो सबैको सरोकारको विष्य हुनुपर्छ ।” दलित शब्द नै हटाउनु पर्ने धारणाको शन्दर्भमा बोल्दै सचेक विश्वकर्माले जातिय विभेद अन्त भएपछी दलित शब्द हटेर जाने वताए ।दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुवाेध गुप्ता, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, नेकपा (माओवादी केन्द्र)का वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जसपा पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य केशी लामिक्षाने, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य एवम् दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, दलित अगुवा एवम् दलित आयाेगका पूर्व सदस्य गया हाजारा पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन दलित पत्रकार संघ पर्साका सचिव सुर्यनारायण विकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...