Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेस गर्ने कार्यसूची

spot_img
spot_img

प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो । बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

भोलि बस्ने बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाए । उनका अनुसार भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

यद्यपि, नेपाली काँग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्ता पक्षको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...