Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026

वीरगंजमा “ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर”को निर्माण

spot_img
spot_img
वीरगंज । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा निर्माण गरिएको “ग्रीन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर”को साेमबार एक कार्यक्रमकाे विच उद्घाटन गरिएकाे छ ।
 
महानगरपालिकाको लोक-कल्याणकारी योजना अन्तर्गत ६ करोड २२ लाखको लागतमा निर्माण गरिएकाे म्यानेजमेन्ट सेन्टरकाे नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका हुन् ।
 
सेन्टरको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि सेन्टर सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।  यसअघि उचित व्यवस्थापन नहुँदा नगरवासीको स्वास्थ्यमा नकरात्मक असर पर्ने गरेकोमा अब त्यसको अन्त्य भएको सरावगीको भनाई थियाे । 
 
उनले भने “वीरगन्जमा निजी अस्पतालको संख्या बढेसँगै अस्पतालजन्य फोहोर विसर्जन गर्ने केन्द्रको आवश्यकता देखिएको थियो । अस्पतालले अनुमति पत्र लिने क्रममा अस्तालजन्य फोहोर आफैंले विसर्जन गर्ने जनाए पनि महानगरपालिकाको अन्य फोहोरसँगै मिसाउने गरिएको थियो । नालामा बगाउने गरिएको थियो । यसले संक्रामक रोग फैलिने खतरा रहन्थ्यो ।”
 
वीरगञ्ज महानगर क्षेत्र भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्किएका फोहोर पदार्थ, मानव अङ्ग लगायतका बेकार पदार्थलाई अत्याधुनिक मेसिनद्वारा व्यवस्थापन गर्न सेन्टरको निर्माण गरिएको हो । 
 
अस्पतालजन्य फोहोर संकलनका लागि दुईवटा मिनी ट्रकसमेत खरिद गरिएको छ । ल्यान्ड फिल्ड साइटका ठेकेदारलाई नै केही समय अस्पतालजन्य फोहोर विसर्जन केन्द्र सञ्चालनको जिम्मा दिइने र पछि निजी साझेदारी अन्तर्गत ठेक्का लगाउने मेयर सरावगीले जनाए ।
 
उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चल राज पाण्डे, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधान लगायकाे उपस्थिती रहेकाे थियाे । 
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...