Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

“ट्राफिक सचेतना सप्ताहिक अभियान २०७८” को शुभारम्भ

spot_img
spot_img

वीरगंज । मोटरसाइकल तथा ठुला, मझौला सवारीहरुका चालक/सहचालक, सडक प्रयोग गर्ने यात्रु, पैदल यात्रु लगायतलाई लक्षित गरी साेमबार वीरगंजमा  “ट्राफिक सचेतना सप्ताहिक अभियान २०७८” को शुभारम्भ गरिएकाे छ ।

आम सर्वसाधारण तथा सडक प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्युनिकरण गर्नको लागि ट्राफिक नियमको पालना सम्बन्धी जानकारी गराई ट्राफिक सचेतना सम्बन्धी जनचेतना फैलाउन मंसिर २७ गतेदेखि पुस ४ गते सम्म “ट्राफिक सचेतना सप्ताहिक अभियान” संचालन गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अभियानकाे पहिलाे दिन जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रसंगको सहकार्यमा वीरगंज महानगरपालिकाकाे वडा नं. ८ आदर्शनगर चोकमा बिभिन्न ट्राफिक सचेतना सम्बन्धी स्लोगन भएका २५० वटा स्टिकर टाँस गर्नुकाे साथै ५०० प्रति पर्चा पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्कीले जानकारी दिए ।

यस अघि वीरगंजको आदर्शनगरदेखी लोहरपट्टी चोक हुँदै माईस्थान चोक सम्म प्रभातफेरी समेत निकालिएकाे थियाे । 

वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत निश्चल पाण्डेकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी गणका गणपति राजेन्द्र खड्का, वीरगंज पब्लिक कलेजका संचालक डा. दिपक शाक्य लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...