Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बाल विवाहा अन्तकाे लागि पंडित तथा पुरोहितहरुसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा बाल विवाह तथा दाइजाे अपराध अन्त गर्नकाे लागि साेमबार धर्म गुरु तथा सम्बन्धित सराेकारवालाहरुसंग अन्तरक्रिया गरिएकाे छ । 

दिव्य यूवा क्लव, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत पोखरीया नगरपालीकाको सभाहलमा भएको कार्यक्रममा पंडित तथा पुरोहितहरुले अब देखी आफुहरुले विवाहको दिन तोक्दा केटा केटीहरुको जन्म दर्ताको आधारमा उमेर यकिन गरेर मात्रै मिति तोक्ने प्रतिवद्धता गरेका छन् ।

कार्यक्रमका सहभागिहरुले नेपालको कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पूरा भएपछि हो । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने गराउने सबैलाई कानुनी सजायको व्यवस्था गरिएको छ । तर हाम्रो समाजमा कानुनका कुरा भन्दा सामाजिक मुल्यमान्यताले बढी मान्यता पाएको वताए ।

आफ्नो छोरा छोरीको उमेर २० वर्ष नपुग्दै विवाह गर्ने तथा गराउने प्रचलन कायम नै रहँदा पनि कसैले उजूरी नगर्ने गरेको अवस्था छ । विवाह सामाजिक सांस्कृत कार्य भएको हुनाले कसैले यसको विरुद्धमा उजूरी गरिहाल्न सोच्नु पर्ने अवस्था रहेकाे उनीहरुकाे भनाई थियाे ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्रराष्ट्रिय अभियानको अवसरमा घरबाट नै परिवर्तनको सुरुवात गर्नु पर्ने तथ आफ्नो व्यवहार परिवर्तन गरेर मात्र अरुलाई सन्देश प्रवाह गर्न सकिने हुनाले यसै सन्देशको साथमा हाम्रो सामाजिक मुल्य मान्यताको कारणले गर्दा बालविवाह जस्तो अपराध पनि निर्वाद भईरहेको हुनाले यसलाई रोक्नको लागि समुदायमा सचेतीकरण भईरहको छ । तै पनि धेरै बालविवाह भईरहेको अवस्थामा विवाहमा मुख्य भूमिका भएका पंडित, पुरोहित तथा अन्य धर्मगुरुहरुसंग एक अन्तरक्रिया गरिएको छ ।

दिब्य युवा क्लब, पर्साका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षता र पोखरीया नगरपालीकाका नगर प्रमुख दिपनारायण रौनियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कार्यक्रममा पटेर्वा सुगौली गाउँपालीकाकाकाे वडा नं.३ का वडाध्यक्ष, पोखरीया नगरपालीकाकाे वडा नं ८ र ७ का वडाध्यक्षसहित पंडित पुरोहितहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालविवाह गर्न गराउन मुख्य भूमिका रहने पंडित पुरोहितहरु तथा अभिभावकहरुले के कस्ता कुराहरुमा ध्यानदिएको खण्डमा बालविवाह रोक्न सकिन्छ त भन्ने विषयमा पनि छलफल गरिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...