Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

रेडियो वीरगंजको रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । मध्ये तराईकाे पहिलाे रेडियाे, रेडियाे वीरगंज ९९ मेघाहर्जले शनिबार आफ्नाे १९ औं बार्षिकाेत्सवकाे अवसरमा आयाेजना गरेका रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाेका कार्यकारी अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा रेडियाे परिसर मै भएकाे कार्यक्रममा २५ महिलासहित ३४१ जनाले रक्दान गरेका हुन् ।

कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, धाेबिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजु साह, नेपाली कांग्रेस बाराका प्रदेश सभा क्षेत्रिय अध्यक्ष लुकेश सिंह, सशस्त्र प्रहरीका डिएसपी सुमन थापा, समाजवादी प्रेस संगठनका नेता बृजलाल पासवान, पत्रकार मनाेज पटेल, हरिशंकर शर्मा, रन्जित चाैरसिया, विनाेद पटेल, सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङ, जसपाका वीरगंज महानगर अध्यक्ष इश्वर यादव, नेता सलाउदिन अहमद, दिपक यादव, शिव कुमार साह, रेडियो वीरगंजका रंजित यादव, प्रकृति अधिकारी, लालझरी देवी, प्रेम पटेल, रेडियो पोखरियाका सैलेश गुप्ता, शिव शंकर मिश्राले रक्तादन गरे ।

यस्तै, शिव कुमार दास, संजय कुमार चौहान, रन्जित साह तेली, रामजी प्रसाद कुशवाहा, भुषण कुमार यादव, इन्दुमणि अधिकारी, भोला ठाकुर हजाम, सुमन थापा, ओम प्रकाश कुर्मी, लक्ष्मीना पटेल, सुशिल कुमार हजरा, कृष्णा यादव, निर्मराज बल, वृतनारायण यादव, भोला नाथ चौलागाई, इन्जिनियर मनोज कुमार दास, इन्जियनियर उमेश कुमार रौनियार, दिपक कुमार श्रेष्ठ, पुनम बहादुर श्रेष्ठ, सुशिल कुमार डंगाल, प्रमिला चौधरी, रामईश्वर यादव, अरविन्द पटेल, चन्दन जयसवाल, गम्भिरा साह, रामबाबु महतो, मृत्युन्जय प्रसाद तेली, कृष्ण यादव, अनिल महतो, नागेन्द्र कुम्हाल, रानी देवी श्रीवास्तव, राजिव पटेल, राकेश कुमार साह लगायतकाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा ग्रमिण क्षेत्रका रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागि पर्सा क्षेत्र नम्बर १ का संसाद प्रदिप यादवले रेडियो वीरगंजको टिमले सञ्चार क्षेत्रमा छुटै पहिचान बनाएको हुँदा रेडियो वीरगंजको इतिहास कसैले मेटेर मेट्न नसक्ने बताए ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले रेडियो वीरगंजकै कारण ग्रामिण क्षेत्रमा रक्तदान गर्ने व्यक्तिहरुमा जागृती आएको बताए । जयसवालको नेतृत्वमा गाउँबाट ठुलो संख्यामा रक्तदाताहरु आईपुगेका थिए । 

यसअघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रेडियो वीरगंज मध्यतराईका जनताको ढुकढुकी भएको कुरा रक्तदान कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले प्रमाणित गरेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले मध्यतराईमा रेडियो वीरगंजको छुटै पहिचान रहेको हुँदा रेडियो वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रम एतिहासिक भएको दावी गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले रेडियो वीरगंज परिसरमा विहानै देखिएको सहभागीताले रेडियोको भुमिका र सामाजिक उत्तरदायीत्वलाई देखाएको भन्नुहुँदै आगामी दिनमा रेडियोको अझै उन्नती र प्रगतीको कामना गरे ।

रक्तदान गर्न बाराबाट आउनु भएका नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का प्रदेश सभापति लोकेश सिंहले युवाहरु कुलतमा लागेर विग्रि रहेको अवस्थामा चेतनामुलक कार्यक्रममा सहभागि भई रक्तदान गर्नु महादान भएको बताउँदै युवाहरुलाई समाजसेवामा जुटन आग्रह गरे ।

रक्तदान कार्यक्रममा पकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झा, नेता नेजामुदिन सम्मानी, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति महमद सहाबुद्धीन, एमालेका नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, महिला नेतृ रेखा साह, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोलीसहित वीरगंज नर्सिङ क्याम्पसका नर्सहरुले प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना समेत गरेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल हिन्द रेडियो श्रोता संघका अध्यक्ष पन्नालाल पटेल लगायतको टिम तथा नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव सहितको टोलीले रक्तदान गरी कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको थियो ।

यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि रेडियो वीरगंजले सबैबाट माया पाउने अपेक्षा समेत व्यक्त गरे ।

साहले रेडियो वीरगंजको १९ औ बार्षिक उत्सवको अवसर पारेर टिभी विरगंजले नियमित प्रशारण शुरु गर्ने घोषणा गरे ।

यसैगरी रेडियो वीरगंजको वार्षिक उत्सवको अवसरमा आगामी मंसिर २५ गते आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...