Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

वीरगंजबाट साधुसन्तको भेषमा दुई जना संकास्पद व्यक्ति पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगन्जको नगवाबाट साधुको सन्तकाे भेषमा रहेका दुई जना संकास्पद व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । वीरगंज १६ नगवाको बाबा होटल पछाडी रहेको गल्लीबाट साधुको भेषमा रहेका दुईजना अज्ञात व्यक्तिलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

स्थानिय अंकित श्रीवास्तवको घरमा भिख माग्न पुगेका गेरुवा कलरको वस्त साधरण गरी साधुको भेषमा रहेका र पहिचान समेत नखुलाएपछि उनीहरुमाथि शंका लागेर नियन्त्रणमा लिई नजिकै रहेको ईलाका प्रहरी कार्यालय नगवाको जिम्मा लगाएका हुन् ।

पक्राउ परेको दुवैजनाले आफनो सहि पहिचान र धर्म लुकाएर हिन्दुको नामले भिख मागेर साधुसन्तको बदनाम गर्न खोजेको भन्दै आक्रोशित स्थानियले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन । पक्राउ परेका मध्ये एकजनाले आफनो नाम दिलिप र बुवाको नाम मुस्लिमले सलिम बताएपछि उनीहरुलाई शंका लागेको थियो ।

पछि दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ र पहिचान पत्र मागेपछि उनीहरुको साथमा कुनै पहिचान पत्र नरहेको र बाल्यकालको फोटो अंकित एउटा आधार कार्ड भेटिएपनि त्यसमा उनको नाम दिलिप लेखिएको थियो भने, बुवाको नाम मुस्लिमको सलिम लेखिएको छ ।

प्रहरीले प्रारम्भीक अनुसन्धान गरेपछि पक्राउ परेका दुवैले आफनो घर ठेगाना गलत बताई रहेका थिए । कहिले दिल्ली त कहिले पन्जाब घर हाे ? थरी थरीका नाम परिर्वतन गर्न थालेपछि थप उनीहरुमाथि शंका बढेको हो । आफूलाई जोगि बताएपनि कुनैपनि हिन्दु देवी देवताको नाम समेत बताउँन सकिरहेको छैन ।

स्थानियहरुका अनुसार उनीहरुले आफूलाई हिन्दु बताएपनि हिन्दु धर्मावलम्बीको एउटा गुण समेत उनीहरुमा देखिएन । गेरुवा कलरको वस्त धारण गरी साधुको भेषमा, घाँटीका भगवान शिवको फोटो, हातमा त्रिशुल, कानमा कुण्डल, टाउँकोमा गेरुवा कलरकै पगरी लगाएको हेर्दा हिन्दु सन्तसाधु जस्तो देखिने तर हिन्दुको एउटा समेत गुण नभेटिएपछि ईलाका प्रहरी कार्यालयलाई शंका लागेर थप अनुसन्धान तथा कारवाहीको लागि वडा प्रहरी कार्यालयको जिम्मा लगाएका हुन् ।

पक्राउ परेका यिनीहरुको ३०/३५ जनाकाे गिरोह रहेको बुझिएकाे छ । करिब ६ महिना पहिला अवैध रुपमा नेपाल प्रवेश गरेका यिनीहरु अस्थायी रुपमा बाराको जितपुरस्थित लालकापुल नजिकै डेरा जमाएर बसेका छन ।

साधुसन्तको भेषमा बारा, पर्सा लगायत नेपालको विभिन्न ठाउँमा घुम्ने गरेका छन । साधुसन्तको भेषमा रहेको गैर हिन्दुहरुले गेरुवा कलरको वस्त लगाई हाम्रो सान्धुसन्तलाई बदनाम गरी नेपालमा विभिन्न अपराधी गतिविधि घटना घटाई भाग्न सक्ने अनुमान समेत स्थानियले लगाएका छन ।

पक्राउ परेकाहरुमाथी प्रहरीले राम्ररी अनुसन्धान गरी दोषी ठहरिए कडा कारवाही गर्नुपर्ने माँग समेत स्थानियले गरेका छन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...