Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

कर्मचारी कुटपिटकाे विराेधमा विद्यालय बन्द

spot_img
spot_img

वीरगंज । कर्मचारी कुटपिटकाे विराेधमा वीरगंज महानगरपालिकाकाे वडा नं. १ स्थित बजार छपकैयामा रहेकाे श्री पंडित रामदेनी तिवारी आधारभुत विद्यालय बन्द भएकाे छ । शान्ति सुरक्षाकाे माग गर्दै शिक्षकहरु विद्यालय बुधबारदेखी अनिश्चितकालकाे लागि बन्द गरेका छन् ।

बुधबार विहान १०:१५ बजे स्थानिय दिप राज सहनीसहितकाे एक समुहले विद्यालयमा प्रबेश गरी कार्यालय सहयाेगी राजेन्द्र प्रसाद धानुकलाई कुटपिट गरेकाेले दाेषी उपर कारवाहीकाे माग गर्दै विद्यालय बन्द गरिएकाे विद्यालयका प्रधानाध्यापक रामरेखा रायले वताए ।

सहनीले यस अघि पनि विद्यालयमा आएर विभिन्न वहानामा अभ्रद व्यवहार गर्ने, अश्लील शब्द प्रयाेग गर्ने गरेकाेले शान्ति सुरक्षाकाे माग गर्दै बाध्य भएर बन्द गर्नु परेकाे उनले वताए । यस अघि सहनीले सरुवा भएर गइसकेका शिक्षक राजकुमार प्रसादसंग पनि अभद्र ब्यवहार गरेकाे जानकारी गराए ।

बुधबारकाे घटना सम्बन्धमा प्रहरी कार्यालय र वीरगंज महानगरपालिकाकाे शिक्षा शाखालाई समेत जानकारी गराइसकिएकाे प्रधानाध्यापक राजले वताए । विद्यालयमा ९ जना शिक्षिका र ४ जना शिक्षक मात्र रहेकाे जानकारी गराउँदै उनले विद्यालयमा हुने गरेकाे अभद्र गतिविधिका कारण शिक्षिकाहरु झन त्रसित भएकाे जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...