Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

आमा सुरक्षा कार्यक्रमको लागि सूर्य हस्पिटललाई गैरकानुनी सिफारिस

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरले सूर्य हस्पिटललाई “आमा सुरक्षा कार्यक्रम” पार्नको लागि गैरकानुनी सिफारिस गरेको घटना सार्वजनिक भएको छ । तत्कालिन जिल्ला जनस्वस्थ्य कार्यालय पर्साबाट १५ शैय्याको अनुमति पाएको सूर्य हस्पिटललाई आमा सुरक्षा कार्यक्रमको सेवा सुविधा लिनको लागि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभागमा २५ शैयाको अस्पताल भनेर सिफारिस गरिएकाे छ ।

गत साउन ७ गतेको मितिमा महानगरको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले उक्त सिफारिस गरेपछि मापदण्ड विपरित सम्झौताको लागि अहिले अस्पताल पक्षले महानगरमा दौडधुप गरिरहेको छ । आर्थिक प्रलोभनमा परी अरुणे महतोले उक्त सिफारिस गरेको महानगर स्रोतको दावी छ ।

अस्पताललाई आमा सुरक्षा कार्यक्रम पार्न लाखौं रुपियाको लेनदेन भएको स्रोतको दावी छ । महतो महानगरको महाशाखाबाट गत मंसिर १४ गते अवकास पाएका छन् । उनी अवकास पाउने मितिमा पनि सम्झौता गराएर अवकास पाउने लक्ष्य राखेका थिए । तर वीरगंज महानगरको प्रमुख प्रशासीकय अधिकृतको सरुवाको कारण सम्झौतामा ढिलाई भइरहेको छ । 

सूर्य अस्पताल नारायणी अस्पतामालमा कार्यरत डा. सरोज सिंह, मोनिका यादव सिंहले सञ्चालन गर्दै आएका छन् । केही दिन अघि पहिलाको जनस्वास्थ्य कार्यालयका अधिकृत सच्चिदानन्द सिंह आशिक रुपमा सूर्य अस्पतालमै कार्यरत थिए । उनी अहिले त्यहाँबाट काम छोडेका छन् । सिंहले नै तत्कालिन जनस्वस्थ्य प्रमुख महतोसंग जनस्वस्थ्यमा काम गरेको हुनाले आमा सुरक्षा कार्यक्रमको लागि डिल गरेका थिए ।  

“आमा सुरक्षा कार्यक्रम” नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिने सुविधा हो ।

यस अन्तर्गत १५ वेड भन्दा कम क्षमताको अस्पतालमा नर्मल डिलेभरी गराउदाँ सुत्केरील १ हजार पाउने नियम छ, तर ५० वेडभन्दा बढि क्षमताको यो कार्यक्रम लागु भएको अस्पतालमा नर्मल डिलेभरी गराएको खण्डमा १५ सय भत्ता पाउँछन् ।

त्यसैगरी, १५ बेडको अस्पताललाई शल्यक्रिया गर्ने सुविधा नदिने नियम छ । सूर्य अस्पतलापनि त्यही वर्गको अस्पताल हो । तर शल्यक्रियासहितको सुविधा पाउन सूर्य अस्पतालले दौडधुप गरिरहेको छ । यदि सूर्य अस्पताले शल्यक्रियासहितको आमा सुरक्षाको कार्यक्रम पायो भने प्रति सुत्केरी सरकारबाट ७ हजार ५ सय पाउँछ ।

नियमले शल्यक्रियासहितको सुविधा नपाउने अस्पताललाई २५ वेडको अस्पताल भनेर सिफारिस गरिनु र शल्यक्रियासहितको कार्यक्रम दिन स्वास्थ्य तथा समाजिक महाशाखाका कर्मचारीहरुले चलखेल गरेका हुन् ।

सरकारी नियम अनुसार एउटा अस्पतालदेखि १ किलोमिटरमा अस्पताल चलाउन पाइदैन । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले सरकारी अस्पताल छेउछाउमा निजि अस्पताल नचलाउने नियम बनाए तापनि त्यसको अनुगमन र कारबाई गरिएको छैन् ।

स्वस्थ्य मन्त्रालयले अस्पताल सञ्चाल निर्देशिका २०७५ को १३ नम्बर बुंदामा स्थान तथा जग्गा पूर्वधार शिर्षकमा भनेको छ–‘एउटा अस्पतालभन्दा अर्को अस्पतालको दुरी कम्तिमा एककिलोमिटर रहनु पर्छ ।’

सूर्य अस्पताल सरकारी नारायणी अस्पताल भन्दा ३ सय मिटर दिक्षिणमा मात्रै छ । जनस्वस्थयले अनुमित दिदा उक्त अस्पताल वीरगंज सिगरेट फैक्ट्री नजिकै सञ्चालन हुन्थ्यो । एक वर्षदेखि नारायणी अस्पताल छेउमै सञ्चालन भइरहेको छ । तर अनुगमनकर्ता निकाय मौन रहेको पाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...