Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सामा विभिन्न कार्यक्रम गरी अपाङ्ता दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत शुक्रबार वीरगंजमा ३० औं अन्तराष्ट्रिय अपाङ्ता दिवस मनाइएकाे छ । दिव्य युवा क्लब र भिएसाे नेपालकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत अपाङ्ता दिवस मनाइएकाे हाे ।

दिवसकाे अवसरमा “परिवर्तन सम्भव छ” बिषयगत नाटक प्रस्तुत गरी जनचेतना जगाउने कार्य गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । त्रिजुद्ध माध्यमिक विद्यालय वीरगंजमा भएकाे कार्यक्रममा प्रस्तुत नाटकमा दृष्टि विहिन बालबालिकाहरु र परियाेजनाका कर्मचारीहरु अभिनय गरेका थिए ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाकाे शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, उद्याेग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष एवम् साहित्यकार गणेश लाठ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाे सहभागिता रहेकाे थियाे ।

नाटकमा अभिनय गर्ने ८ जना दृष्टिविहिन बालबालिकाहरुलाई प्रशंसा पत्रकाे साथै ज्याकेट वितरण गरिएकाे थियाे ।

साेही कार्यक्रममा उद्याेग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष एवम् साहित्यकार गणेश लाठले स्राेत कक्षाका बालबालिकाहरुलाई ११ थान सिरक समेत वितरण गरेका थिए ।

रेस र हपकच प्रतियाेगिता सम्पन्न

सुनाई सम्बन्धि अपाङ्ता भएका बालबालिकाहरुकाे लागि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा आयाेजित रेस र हपकच प्रतियाेगिता सम्पन्न भएकाे छ ।

किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे रेस प्रतियाेगितामा प्रियंका कुमारी पटेल प्रथम, रामबाबु राउत दाेस्राे र चन्दन चाैधरी तेस्राे भएका छन् ।

यस्तै, हपकच प्रतियाेगितामा मुस्कान खातुन प्रथम, कुल्सुम खातुन दाेस्राे र रुबी कुमारी तृतिय भएकी छन् ।

प्रत्याेगितामा प्रथम, दाेस्राे र तेस्राे हुनेकाे साथै सहभागि सम्पूर्ण ११ जनाल सुनाई सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सन्तावना पुरस्कार वितरण गरिएकाे परियाेजना संयाेजक ठकुरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...